एसबीआई बैंकको नाफा १ अर्ब ८० करोड  « Khabarhub

एसबीआई बैंकको नाफा १ अर्ब ८० करोड 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१-८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा बैंकको नाफा ९.८६ प्रतिशतले घटेको छ । 

गत वर्ष बैंकले १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २६ करोड २३ लाख रुपैयाँ भएको छ । उक्त आम्दानी अघिल्लो वर्षको तुलनामा ३.७२ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ छ । 

बैंकको प्रतिशेयर आम्दानी १.८१ रुपैयाँले घटेर १६.५४ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १८८.५९ रुपैयाँ रहेको छ । यता मूल्य आम्दानी अनुपात २६.६० गुणा रहेको वित्तीय विवरणमा छ ।

बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँको छ । बैंकले जगेडा कोषमा ९ अर्ब ६५ करोड ६० लाख रुपैयाँ सञ्चित छ । 

गत आर्थिक वर्षमा बैंकले १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  २ : ३६ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित