काठमाडौं- तराई र मधेस द्रुतमार्ग आयोजना : ४३ प्रतिशत काम सम्पन्न « Khabarhub

काठमाडौं- तराई र मधेस द्रुतमार्ग आयोजना : ४३ प्रतिशत काम सम्पन्न


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रक्षामन्त्री मानवीर राईले स्थानीयवासीको भावनाअनुसार काठमाडौँ तराई-मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत खोकना क्षेत्रको जग्गा प्राप्तिमा प्रक्रियाअघि बढाइने स्पष्ट पारेका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले द्रुतमार्ग अन्तर्गत उपत्यकाबाहिर जग्गा अधिग्रहण सम्पन्न भइसकेकाले खोकना क्षेत्रमा पनि सहमति गरेरै अघि बढ्ने योजना रहेको सुनाए।

‘जनताको आवाज सुन्नुपर्छ भन्नेमा सरकार र नेपाली सेना स्पष्ट छ, केही सहमति गरेर टुङ्ग्याउन पाए हुन्थ्यो भन्ने छ’, मन्त्री राईले भने, ‘छलफबाटै समाधान निकालौँ भनेर सरकार बसिरहेको छ, तर खोकनाको जग्गा सम्बन्धमा अझै केही अफवाह फैलाइएको छ, त्यस्तो होइन ।’ काठमाडौँ उपत्यकाबाहेक निजगढसम्म जग्गा प्राप्ति भइसकेको जानकारी दिँदै उनले खोकना क्षेत्रमा करिब ३७ प्रतिशत जग्गा अघिग्रहण गर्नुपर्ने बताए। ‘खोकना क्षेत्रमा जग्गा प्राप्तिका लागि आन्तरिक छलफल गरिएको छ’, उनले भने।

निर्धारित समयमै द्रुतमार्ग आयोजना सम्पन्न गर्ने उद्देश्यका साथ काम अघि बढिरहेको स्पष्ट पार्दै मन्त्री राईले भने, ‘निर्धारित मिति नआइकन आयोजना सम्पन्न हुँदैन भन्न त नमिल्ला, तर सो समयमा सक्न निकै कठिन छ, तर मेलम्ची आयोजना जति चै लम्बिँदैन ।’

खाँदबारी–किमाथाङ्का सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको जानकारी दिँदै उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सो सडक चिनियाँ सहयोगमा कालोपत्रे गर्ने बारेमा छलफल हुने बताए। हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको उल्लेख गर्दै उनले सेनाको जिम्मेवारीमा रहेका आयोजनाको प्रगति गर्व गर्न लायक रहेको स्पष्ट पारे ।

प्रधान सेनापति अशोकराज सिग्देलले निर्धारित समयभित्रै दू्रतमार्ग आयोजना सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको स्पष्ट पारे।

 ‘अहिले करिब ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ, अब हुने काम छिटो सकिने खालका छन्’, उनले भने, ‘धेरै काम वातावरणीय प्रभाव मूल्याङ्कन र बोलपत्र आह्वानमा खर्च भएको छ, आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए परियोजना निर्धारित समयमै सम्पन्न हुन्छ ।’

प्रधान सेनापति सिग्देलले द्रुतमार्गको काठमाडौँतिरको प्रवेश विन्दुका रुपमा रहेका खोकना क्षेत्रको सांस्कृतिक पक्षलाई जोगाएर आयोजना अघि बढाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको स्पष्ट पारे। 

‘यदि खोकना प्रवेश विन्दुमा आउन नसकेको अवस्थामा पनि विकल्प तयार गरिएको छ’, उनले भने, ‘प्रवेश बिन्दुमा सवारी साधन कसरी प्रवेश गर्ने र निस्कने भन्ने उपाय खोजिएको छ ।’

सांसदहरुले रणनीतिक महत्वको द्रुतमार्ग आयोजना निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्ने, आयोजना निर्माणमा देखिएको समस्या समाधान गर्न सरकाले पहल गर्नुपर्नेमा जोड दिए ।
 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : ३४ बजे

राजस्थान रोयल्स प्लेअफमा, मुम्बई इन्डियन्स ३० रनले पराजित

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो

बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो

सर्लाही – नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको

गाडी दर्ता रोकिएपछि व्यवसायीको प्रश्न : भन्सारमा रोकिएका सवारीको क्षतिपूर्ति कसले दिन्छ ?

काठमाडौं- यातायात व्यवस्था विभागले बिहीबार देशभरका ४४ यातायात कार्यालयलाई विद्युतीयसहित

बहसमा कमेडी : अश्लील शब्द नबोली हँसाउन सकिँदैन ?

काठमाडौं – कमेडीमा अश्लील शब्द प्रयोगका विषयले सामाजिक सञ्जालमा बहसको

एकाएक रोकियो ‘लुसिफर राइजिङ’ नाटक, सरकारकै मान्छेको दबाब, कलाकारलाई मार्ने धम्की

काठमाडौं- काठमाडौंमा मञ्चन भइरहेको एउटा नाटक सरकारले दबाब दिएर रोकेको