सांसद अमरेशकुमार सिंहको आरोप- ‘भाउजू’का कारण डा. रामेशले देश छाडेर जानुपर्‍यो « Khabarhub

सांसद अमरेशकुमार सिंहको आरोप- ‘भाउजू’का कारण डा. रामेशले देश छाडेर जानुपर्‍यो

नेता, विचौलिया र निजामती कर्मचारीबाट देश लुटिएको जिकिर


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देशलाई नेता, विचौलिया र सरकारका निजामती कर्मचारीले लुटेको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो लुटकै कारण देशको अवस्था बिग्रिएको बताएका हुन्।

उनले एमबीबीएस पढ्न कम्तीमा साढे पाँच वर्ष लाग्ने र बीए पढ्न चार वर्ष लाग्ने उदाहरण दिँदै दुवै पेशाका व्यक्तिको तलब समान हुनु न्यायोचित नभएको टिप्पणी गरे।

‘त्यो त क्षम्य होला,’ सिंहले भने, ‘तर नेताको चाकडी गर्ने प्रशासन सेवाका मान्छेलाई नेताले देश लुट्न छुट दिएका छन्, अनि पछि संवैधानिक पदमा नियुक्त गर्छन्।’

उनले हालै प्रशासनिक कर्मचारीबाट गरिएका विवादकै कारण संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पद गुमेको उल्लेख गरे।

उनले कांग्रेस नेतृ एवम् परराष्ट्रमन्त्री डा. आरजु राणालाई भाउजूको संज्ञा दिँदै उनका देवरहरूका रुपमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा चित्रित गरे । दुवै महामन्त्रीनिकट भनिएका अब्बल चिकित्सक डा. रामेश कोइराला गंगालाल हृदयरोग केन्द्रबाट राजीनामा दिएर अमेरिका गएको दाबी पनि उनले गरे।

सिंहले स्वास्थ्य मन्त्रालयमा कांग्रेसको भागबाट प्रदीप पौडेल मन्त्री भए पनि पैसाको आधारमा अर्कैलाई नियुक्ति दिइएको आरोप लगाए ।

त्यसकै कारण गंगालाल अस्पतालका डा. रामेश कोइराला विदेश पलायन भएका उनको तर्क थियो । ‘आज भाउजूहरूका कारण डा. रामेश जस्ता अब्बल चिकित्सकले देश छाडेर हिँड्नु भएको छ,’ उनले भने ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : ४४ बजे

चिकित्सकहरूको आन्दोलन जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको