एकताको तयारीसहित जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा « Khabarhub

एकताको तयारीसहित जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएका अशोक राईले र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालसँग हातेमालो थालेका छन् ।

राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महतो नेतृत्वको पार्टीबीच बिहीबार कार्यगत एकताको घोषणा भएको हो।

नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा भएको घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेतृत्व र मूल कमिटीका नेता सहभागी थिए ।

यी दुई दलले पार्टी एकताकै लागि औपचारिक रुपमा ‘कार्यगत एकता’ गरेका हुन् । अब उनीहरूले प्रदेश, जिल्ला र गाउँ कमिटीबीच पनि एकता गराउँदै लाने भएका छन् ।

यी दुई दलले कार्यगत एकता घोषणा गरेकाले प्रदेश, जिल्ला र स्थानीय तहसम्म संयुक्त कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

त्यसैमार्फत् एकताको पक्षमा जनमत सिर्जना गरिने भएको हो। यी दलले त्यसक्रममा जनप्रदर्शन, आमसभा, सेमिनार र गोष्ठी गर्ने योजना छ ।

दुवै दलले नेपालको संविधान अपूरो र विभेदकारी रहेको भन्दै त्यसको संशोधनका लागि संयुक्त आन्दोलन थाल्ने भएका छन् । यसका लागि उनीहरूले सरकार, संसद् र सडक—तीनै माध्यमबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

यी दलले प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका कार्यकारी प्रमुख पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने, स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने, राष्ट्रपतिले समावेशी मन्त्रिपरिषद् गठन गर्नुपर्ने र मन्त्रीहरू विज्ञ, राजनीतिकर्मी वा विशेषज्ञबाट नियुक्त गर्नुपर्ने अभियान पनि थाल्ने भएका छन् ।

दुवै दलले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत जनसङ्ख्याको आधारमा समावेशी लोकतन्त्र सुनिश्चित गर्नुपर्नेमा पनि मत मिलाएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ४ : ४० बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग