रक्षामन्त्रीले भने- काठमाडौं–तराई मधेस द्रुतमार्गको काम तीव्र रूपमा अघि बढिरहेको छ  « Khabarhub

रक्षामन्त्रीले भने- काठमाडौं–तराई मधेस द्रुतमार्गको काम तीव्र रूपमा अघि बढिरहेको छ 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री मानवीर राईले काठमाडौं तराई-मधेस द्रुतमार्ग आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएका छन् । 

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री राईले निर्धारित समयमै द्रुतमार्ग आयोजना सम्पन्न गर्ने उद्देश्यका साथ सेनाले तराई/मधेस द्रुतमार्ग आयोजनाको काम तीव्र रूपमा गरिरहेको जानकारी दिएका हुन् ।

उनले निर्धारित मितिमा आयोजना सम्पन्न हुन नसके पनि अन्य आयोजना जस्तो धेरै ढिलाइ नहुने बताए  । मन्त्री राईले आयोजना अन्तर्गत खोकना क्षेत्रको जग्गा प्राप्तिमा केही समस्या अझै पनि रहेको उल्लेख गरे ।

स्थानीयवासीको भावनाअनुसार खोकना क्षेत्रको जग्गा प्राप्तिमा प्रक्रियाअघि बढाउनेमा सरकार र सेना स्पष्ट रहको उनको भनाइ छ ।

उनले खोकना क्षेत्रमा करिब ३७ प्रतिशत जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिए । 

त्यस्तै प्रधान सेनापति अशोकराज सिग्देलले निर्धारित समयभित्रै द्रुतमार्ग आयोजना सम्पन्न गर्नेगरि नै निर्माण कार्य भइरहेको बताए । अहिले करिब ४३ प्रतिशत काम सम्पन्न भइसकेको र अब हुने काम छिटो सकिने खालको रहेको उनले बताए । 

उनले खोकना प्रवेश विन्दुमा आउन नसकेको अवस्थामा पनि विकल्प तयार गरिएको उल्लेख गरे । 

खोकना प्रवेश विन्दुको कार्य अघि बढाउँदा सो क्षेत्रको ऐतिहासिक स्थल र सम्पदामा कुनै असर नपर्ने समेत उनले बताए । 

बैठकमा समिति सदस्यहरूले तराई/मधेस द्रुतमार्ग आयोजनालाई समयमा नै सम्पन्न गर्नेगरि काम गर्नुपर्ने र आयोजना निर्माणका क्रममा देखिने समस्यालाई समाधान गर्न सरकार समेत गम्भीर हुनुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ५ : ५४ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई