काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीय, प्रदेश र स्थानीय तहका निकायमा व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन् ।
मन्त्री न्यौपानेले निजामती सेवा ऐन, २०४९ को दफा ७२ (क), निजामती सेवा नियमावली, २०५० को नियम ३ (क), तथा व्यवस्थापन परीक्षण निर्देशिका, २०७९ बमोजिम सङ्घीय, प्रदेश र स्थानीय तहका निकायमा व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी हुन् ।
गत आर्थिक वर्ष २०८१-८२ मा १८ वटा सङ्घीय मन्त्रालयसहित २६ वटा निकायको व्यवस्थापन परीक्षण सम्पन्न भएको थियो । चालु आर्थिक वर्ष २०८२-८३ मा ३० वटा सङ्घीय मन्त्रालय तथा निकायको व्यवस्थापन परीक्षण गर्ने लक्ष्य मन्त्रालयको माइलस्टोनमा समावेश भएको छ ।
मन्त्री न्यौपानेले व्यवस्थापन परीक्षणलाई सरकारी सेवा प्रवाहको गुणस्तर सुधार, पारदर्शिता वृद्धि र जवाफदेहिताको महत्वपूर्ण माध्यमका रूपमा लिई सम्पूर्ण निकायमा यसलाई नियमित र प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित सबै निकायलाई आह्वान गरिन् ।
प्रतिक्रिया