लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ « Khabarhub

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

तानसेन– लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल शेयर सदस्यहरूको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका छन् ।

सहकारी ठगी कसुरसम्बन्धी मुद्दामा व्यवस्थापक बमरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। व्यवस्थापक बमरेलमाथि दुई करोड ८७ लाख ५७ हजार सहकारीको रकम ठगी गरेको आरोप छ । 

‘सहकारी संस्थामा कार्यकारी प्रमुख तथा व्यवस्थापक भई काम गर्ने क्रममा सर्वसाधारण शेयर सदस्यले बचत गरेको रकम गैरकानुनी तवरबाट आफ्नो व्यक्तिगत पारिवारिक प्रयोजनमा खर्च गरी ठगी गरेको जाहेरी परेपछि बमरेललाई पक्राउ गरिएको हो’, उनले भने। 

सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि बमरेललाई २०८१ माघ २६ गते व्यवस्थापकको जिम्मेवारीबाट हटाइएको थियो । रकम अपचलन भएको थाहा भएपछि प्रहरीमा जाहेरी दिएको उक्त सहकारीका अध्यक्ष सुवि विश्वकर्माले बताइन्। 

रम्भा गाउँपालिका–४ मा प्रधान कार्यालय रहेको उक्त सहकारीमा करिब तीन हजार ५०० शेयर सदस्य छन् । व्यवस्थापक बमरेलले विभिन्न व्यक्तिका नाममा रकम लिएको आरोप छ । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ७ : २६ बजे

रविसँग स्थानीय सरकारको गुनासो : प्रजिअ र प्रहरी प्रमुखले टेर्दैनन्, संघीय सरकारले सुन्दैन

काठमाडौं- गत बुधबार बिहान आएको भिषण बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले

विपद्को समयमा सरकारलाई साथ दिन्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विपद्को समयमा सरकारलाई

चितवनपछि नवलपुरमा पनि जमिनमुनि शव व्यवस्थापन (तस्बिरहरू)

पूर्वी नवलपरासी- भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी पूर्वी नवलपरासीको नारायणी नदी

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई