टप एन्ड टी–२० : पाकिस्तान शाहिन्सको विजयी सुरुवात | Khabarhub Khabarhub

टप एन्ड टी–२० : पाकिस्तान शाहिन्सको विजयी सुरुवात


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको डार्विनस्थित टीआईओ मैदानमा आजबाट सुरू भएको टप एन्ड टी–२० सिरिजमा पाकिस्तान ‘शाहिन्स’ले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा बंगलादेश ‘ए’माथि पाकिस्तान ‘शाहिन्स’ले ७९ रनको जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको पाकिस्तान शाहिन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२७ रनको विशाल योगफल बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बंगलादेश ‘ए’ १६.५ ओभरमै १४८ रनमा अलआउट भयो। बंगलादेशका लागि सैफ हसन अर्धशतक बनाए। उनले ३२ बलमा ५७ रन बनाउँदै पाँच चौका र तीन छक्का प्रहार गरे।

ओपनर जिसान आलमले पनि ३३ रनको योगदान दिए। नाइम शेख ५ रनमा आउट भएपछि जिसान र सैफले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ८६ रनको साझेदारी गरे। तर अहमद सदाकतले जिसानलाई आउट गर्दै साझेदारी तोडेपछि बंगलादेशका ब्याटरहरू नियमित अन्तरालमा विकेट गुमाउँदै दबाबमा परे। साद मसुदले ३ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए।

यसअघि पाकिस्तान शाहिन्सका ओपनर यासिर खानले ४० बलमा ६२ रन र ख्वाजा मोहम्मद नफायले ३१ बलमा ६१ रन प्रहार गरे। दुबै ओपनरले ११.१ ओभरमै ११८ रनको साझेदारी गर्दै ठूलो स्कोरको आधार तयार पारेका थिए ।

अन्त्यतिर सैयद अब्दुल समादले २७ बलमा अविजित ५६ रन प्रहार गर्दै स्कोरलाई २०० पार गराए। कप्तान इरफान खानले पनि १२ बलमा २५ रनको योगदान दिए। बंगलादेशका लागि रकिबुल हसन, हसन महमुद र महफुजुर रहमान रब्बीले एक–एक विकेट लिए।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ९ : ०२ बजे

रवि लामिछाने जेल फर्कने

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको

संसद् विघटन फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह

काठमाडौं– आठ राजनीतिक दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद् विघटनको निर्णय

प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर