टप एन्ड टी–२० : पाकिस्तान शाहिन्सको विजयी सुरुवात « Khabarhub

टप एन्ड टी–२० : पाकिस्तान शाहिन्सको विजयी सुरुवात


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको डार्विनस्थित टीआईओ मैदानमा आजबाट सुरू भएको टप एन्ड टी–२० सिरिजमा पाकिस्तान ‘शाहिन्स’ले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा बंगलादेश ‘ए’माथि पाकिस्तान ‘शाहिन्स’ले ७९ रनको जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको पाकिस्तान शाहिन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२७ रनको विशाल योगफल बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बंगलादेश ‘ए’ १६.५ ओभरमै १४८ रनमा अलआउट भयो। बंगलादेशका लागि सैफ हसन अर्धशतक बनाए। उनले ३२ बलमा ५७ रन बनाउँदै पाँच चौका र तीन छक्का प्रहार गरे।

ओपनर जिसान आलमले पनि ३३ रनको योगदान दिए। नाइम शेख ५ रनमा आउट भएपछि जिसान र सैफले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ८६ रनको साझेदारी गरे। तर अहमद सदाकतले जिसानलाई आउट गर्दै साझेदारी तोडेपछि बंगलादेशका ब्याटरहरू नियमित अन्तरालमा विकेट गुमाउँदै दबाबमा परे। साद मसुदले ३ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए।

यसअघि पाकिस्तान शाहिन्सका ओपनर यासिर खानले ४० बलमा ६२ रन र ख्वाजा मोहम्मद नफायले ३१ बलमा ६१ रन प्रहार गरे। दुबै ओपनरले ११.१ ओभरमै ११८ रनको साझेदारी गर्दै ठूलो स्कोरको आधार तयार पारेका थिए ।

अन्त्यतिर सैयद अब्दुल समादले २७ बलमा अविजित ५६ रन प्रहार गर्दै स्कोरलाई २०० पार गराए। कप्तान इरफान खानले पनि १२ बलमा २५ रनको योगदान दिए। बंगलादेशका लागि रकिबुल हसन, हसन महमुद र महफुजुर रहमान रब्बीले एक–एक विकेट लिए।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ९ : ०२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील