एसिया कप: बंगलादेशविरुद्ध श्रीलंका ६ विकेटले विजयी « Khabarhub

एसिया कप: बंगलादेशविरुद्ध श्रीलंका ६ विकेटले विजयी


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै श्रीलंकाले विजयी सुरुवात गरेको हो।

टस जितेर सुरुमा फिल्ड रोजेको श्रीलंकाले बंगलादेशविरुद्ध कसिलो बलिङ गर्दै १३९ रनमा रोकेको थियो। १४० रनको लक्ष्य पछ्याएको श्रीलंकाले १४.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

बंगलादेशको जितमा ओपनर पथुम निसानकाको अर्थशतक बन्यो। उनले ३४ बलमा १ छक्का र ६ चौकासहित ५० रन बनाए। उसका लागि कमिल मिसराले नटआउट ४६ रन बनाए। बंगलादेशका मोहिद हसनले दुई विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको बंगलादेशका लागि सुरुवाती ब्याट्सम्यान चल्न सकेनन्। जाकर अली र शमीम हुसेन ले राम्रो साँझेदारी गरे पनि श्रीलंकामाथि जितका लागि आवश्यक रन बन्न सकेन। अलीले ४३ बलमा ४१ रन बनाउँदा समान बलमा हुसेनले ४२ रन जोडे।

एसिया कप अन्तर्गत आज समूह ‘ए’मा भारत र पाकिस्तान भिड्दैछन्। एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ६ : ४५ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका