नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण | Khabarhub Khabarhub

नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया– नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान सशस्त्र समूहले आक्रमण गरी एक पुरुषको हत्या गरेका छन् र १८ महिला तथा बालबालिकालाई अपहरण गरेका छन् । 

‘ब्यान्डिट्स’ भनेर चिनिने अपहरण र गाईचोरीमा संलग्न हिंसात्मक समूहले शुक्रबार बिहान करिब ५ बजेको समयमा बिरनिन जरमा गाउँमा आक्रमण गरेका थिए । उक्त समय गाउँलेहरू बिहानको प्रार्थनाको तयारीमा थिए ।

गाउँका एक बासिन्दा इब्राहिम बेलोका अनुसार, आक्रमणकारीले एक घरमा पसेर एक किसान, गार्बा गाम्बोलाई गोली हानी हत्या गरे र उनकी श्रीमतीलाई घाइते बनाए । त्यसपछि उनीहरूले १८ जना महिला र बालबालिकालाई जबरजस्ती गाउँबाट लगे ।

छिमेकी बुक्कुयुम शहरका बासिन्दा लावल उमरले आक्रमणकारीहरू छिमेकी अङ्का जिल्लाबाट आएको र उनीहरूले नजिकैको जङ्गलमा आफ्नो शिविर बनाएको बताएका छन् । उनका अनुसार, बुक्कुयुममा तैनाथ सैनिकहरू समयमै बिरनिन जरमा पुग्न सकेनन् । 

गाउँ राजधानी गुसाउबाट झन्डै १७० किलोमिटर टाढा रहेको छ । घटनापछि अपहरणकारी समूहले अहिलेसम्म फिरौतीको माग भने गरेका छैनन् ।

यस्तै, गत महिनाको अन्त्यमा गुम्मी जिल्लामा भएका आक्रमणबाट भाग्दै गरेका १५ जना, जसमा अधिकांश महिला र बालबालिका थिए, नदी पार गर्ने क्रममा डुङ्गा पल्टिँदा डुबेर ज्यान गुमाएका थिए ।

जामफारा लगायत नाइजेरियाका उत्तरपश्चिमी र मध्य राज्यहरू विगत केही वर्षदेखि यस्ता हिंसात्मक समूहहरूको बारम्बार आक्रमणको सिकार बन्दै आएका छन् । रासस

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : १९ बजे

सरकारले सिंहदरबार र सर्वोच्चमा भएको तोडफोड र आगजनीको वास्ता गरेन : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय

एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी

मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी 

जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोसपा पछि नेपाली कांग्रेसका संसदीय

ओलीले बुझेका जेन-जीका यी तीन माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र