नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण « Khabarhub

नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया– नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान सशस्त्र समूहले आक्रमण गरी एक पुरुषको हत्या गरेका छन् र १८ महिला तथा बालबालिकालाई अपहरण गरेका छन् । 

‘ब्यान्डिट्स’ भनेर चिनिने अपहरण र गाईचोरीमा संलग्न हिंसात्मक समूहले शुक्रबार बिहान करिब ५ बजेको समयमा बिरनिन जरमा गाउँमा आक्रमण गरेका थिए । उक्त समय गाउँलेहरू बिहानको प्रार्थनाको तयारीमा थिए ।

गाउँका एक बासिन्दा इब्राहिम बेलोका अनुसार, आक्रमणकारीले एक घरमा पसेर एक किसान, गार्बा गाम्बोलाई गोली हानी हत्या गरे र उनकी श्रीमतीलाई घाइते बनाए । त्यसपछि उनीहरूले १८ जना महिला र बालबालिकालाई जबरजस्ती गाउँबाट लगे ।

छिमेकी बुक्कुयुम शहरका बासिन्दा लावल उमरले आक्रमणकारीहरू छिमेकी अङ्का जिल्लाबाट आएको र उनीहरूले नजिकैको जङ्गलमा आफ्नो शिविर बनाएको बताएका छन् । उनका अनुसार, बुक्कुयुममा तैनाथ सैनिकहरू समयमै बिरनिन जरमा पुग्न सकेनन् । 

गाउँ राजधानी गुसाउबाट झन्डै १७० किलोमिटर टाढा रहेको छ । घटनापछि अपहरणकारी समूहले अहिलेसम्म फिरौतीको माग भने गरेका छैनन् ।

यस्तै, गत महिनाको अन्त्यमा गुम्मी जिल्लामा भएका आक्रमणबाट भाग्दै गरेका १५ जना, जसमा अधिकांश महिला र बालबालिका थिए, नदी पार गर्ने क्रममा डुङ्गा पल्टिँदा डुबेर ज्यान गुमाएका थिए ।

जामफारा लगायत नाइजेरियाका उत्तरपश्चिमी र मध्य राज्यहरू विगत केही वर्षदेखि यस्ता हिंसात्मक समूहहरूको बारम्बार आक्रमणको सिकार बन्दै आएका छन् । रासस

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : १९ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण