तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी | Khabarhub Khabarhub

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीहरूको विवरण निकाल्ने तयारी गरेको छ । 

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आज मन्त्रालयमा बसेको बैठकले गत मंगलबार ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयका ५० वटा गाडी जलेर खरानी भएका, केही गाडीहरू तोडफोड भएका, कार्यालयका उपकरण ताथ समानहरू चोरी भएका बताउँदै बाँकी क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए । 

‘सिंहदरबारका अधिकांश भवन आगलागीबाट जले पनि सहरी विकास मन्त्रालय भने जोगिएको छ, तर यहाँका समानहरू चोरी भएका छन् । गाडी जलेर सबै नष्ट भएका छन् । हामी कार्यालयसम्म पैदल हिँडेर आएका हौँ’, उनले भने, ‘मन्त्रालयले तीन दिनभित्र क्षतिको विवरण निकाल्नेछ । आगामी दिनमा शोकलाई शक्तिमा बदल्दै कसरी अगाडि बढ्ने भन्ने तयारी पनि गरिरहेका छौँ ।’

सचिव सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग भने आगलागीका कारण ६० प्रतिशत जलेका छन् । अब कहाँ बसेर काम गर्ने भन्ने विषयमा अन्योल रहेको उनको भनाइ छ ।

‘मन्त्री क्वाटरसहित मन्त्रालयद्वारा निर्माण सम्पन्न भएका भवनहरूको पनि के कति क्षति भएको छ, सङ्कलन गर्नेछौँ । आज भने हामी कसरी अगाडि बढ्ने छलफल गर्ने, सरसफाइ गर्नेलगायत कार्य गरेका छौँ’, उनले भने । रासस

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ५ : ४४ बजे

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको

पाटनमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना (तस्बिरहरू)

काठमाडौं- गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको