पार्टी छोड्ने चर्चापछि तोसिमाले भनिन् ‘मेरो बारेमा चिन्ता लिनुको साटो देशको बारेमा सोच्नुहोस’ « Khabarhub

पार्टी छोड्ने चर्चापछि तोसिमाले भनिन् ‘मेरो बारेमा चिन्ता लिनुको साटो देशको बारेमा सोच्नुहोस’


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टी छोड्न लागेको समाचारबारे प्रतिक्रिया दिएकी छिन् ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै कर्कीले आफूले पार्टी छोड्न लागेको समाचार लेख्नुको साटो देशलाई केही गर्नका लागि सोच्नु आवश्यक रहेको बताइन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गरेर भनेकी छन, ‘नमस्कार सबैमा । तोसिमा कार्कीले पार्टी छोड्यो भन्ने समाचार लेख्न भ्याइसक्नुभएछ । अरे यार, मेरो बारेमा लेख्नुअघि कम्तिमा मलाई त सोध्नुहोस् । तोसिमाले के गर्छ या गर्दैन भन्ने चिन्ता लिनुको साटो आफू चाहिँ यो देशका लागि के गर्न सक्छु भनेर सोच्नुस् न ! देशलाई शून्यबाट उठाउनु छ । यस्तो बेला कृपया सञ्चार माध्यमले पनि मानिसलाई अलमल्याउने काम नगर्दिनुहोला । धन्यवाद ।’

उनले आफू पार्टी छोड्न लागेको विषयमा भने स्पष्टीकरण दिन चाहिनन् । उनले पार्टी छोड्न लागेको हो या होइन भन्ने विषयमा भने बोलेकि छैनन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ६ : ११ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका