जंगीअड्डासामु जेन-जीसँग कुटाकुट गरेका प्रेम लामा भृकुटीमण्डपमा पत्रकारसँग भिडे « Khabarhub

जंगीअड्डासामु जेन-जीसँग कुटाकुट गरेका प्रेम लामा भृकुटीमण्डपमा पत्रकारसँग भिडे


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत बिहीबार दिउँसो नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुट गर्न पुगेका प्रेम लामा र पत्रकाहरूबीच आइतबार फेरि हानाहान भएको छ।

खासमा आफूलाई जेन-जी आन्दोलनको नेता बताउँदैका आएका सुदन गुरुङले ऋषि धमलाको उपस्थितिमा रिपोर्टर्स क्लबमा गरेको पत्रकार सम्मेलनमा सुरूदेखि नै तनाव भएको थियो ।

आक्रमक शैलीमा प्रस्तुत भएका सुदन र एकजना पत्रकार किशोर श्रेष्ठबीच प्रश्नोत्तरका क्रममा भनाभन भयो । पत्रकार श्रेष्ठले ७३ वर्षीया वृद्धालाई प्रधानमन्त्री बनाएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा देशलाई लैजान चुकेको भन्दै आक्रोश पोखे ।

त्यसपछि जंगिएका सुदन पनि औँलो ठड्याई ठड्याई पत्रकारतिर खनिए । त्यसपछि सुरू भएको विवाद बढ्दै गएर रिपोर्टर्स क्लबमा कुटाकुटको माहोल बन्यो ।

उक्त पत्रकार सम्मेलनमा भनाभनको माहोल कुटाकुटमा पुगेपछि सुदनलाई प्रहरीले सुरक्षा दिएर लैजानुपरेको छ। उक्त पत्रकार सम्मेनलको समानता के थियो भने पछिल्लो समय जेन-जीको आन्दोलनमा देखिँदै आएका प्रेम लामा पनि छिरेका थिए । उनले फेसबुकमा आफूलाई ‘टाइगर डन’ भनेर चिनाएका छन् ।

पत्रकार र सुदनबीच भनाभन चलिरहेका बेला जंगीअड्डामा जस्तै रिपोर्टर्स क्लबमा थिए उनै प्रेम लामा । उनी कतिसम्म जब्बर रहेछन् भन्ने कुरा उनले फेसबुक वालमा यसअघि जेन-जी र पत्रकारसँग गरेका लफडाको भिडियो हेरे पुग्छ ।

जंगी अड्डा अगाडि पनि उनले एउटा हातमा ब्यान्डेज बाँधेर जेन-जीको आन्दोलनमा घाइते भएको बताइरहेका हुन्छन् । उनले मृतकलाई ५ लाख र आफू जस्तो घाइतेलाई पनि सरकारले पैसा दिनुपर्ने भन्दै मिडियामा कराइरहेका थिए ।

आइतबार रिपोर्ट्स क्लबको हलमा सुदनसँगको विवादमा तातिएका पत्रकार, युट्युबरसँग उनै प्रेम भिड्न पुगे । हलभरी खचाखच रहेका सञ्चारकर्मी र उनीबीच ठेलाठेलबाट सुरू भएको विवाद कुटाकुटसम्म पुग्यो ।

सञ्चारकर्मी र लामबीच हलमै कुटाकुट भयो । सम्भवत: उनी सुदनलाई नै आक्रमण गर्ने गरी मञ्चतिर बढेको भिडियोमा देख्न सकिन्छ ।

जंगीअड्डामा जेन्जीसँग कुटाकुट हुँदा उनी खैरो-निलो रंगको कपडासहित देखिएका थिए भने रिपोर्टर्स क्लबमा रातो रंगको टिसर्टमा देखिएका थिए ।

त्यहाँ पनि जंगीअड्डामा जस्तै हानाहान भयो । खासमा रिपोर्टर्स क्लबमा उनी र पत्रकार/युट्युबरबीच लात्ती मुक्का भयो । एकजना पत्रकारसँग ठेलाठेलबाट सुरु भएको विवाद कुटाकुटसम्म पुग्यो । हातमा क्यामेरा र बुम बोकेका पत्रकार उनलाई लात्ती मुक्का बर्साउन लागे । उनले पनि केहीलाई लात्ती मुक्का हाने ।

तर धेरै संख्यामा रहेका पत्रकारहरू र जेन-जीका सदस्यले लखेट्न थालेपछि उनी केही बेर भुइँमा बजारिए । जहाँ उनले थप लात्तीमुक्का खाए पत्रकारको । त्यसपछि पत्रकारको हुलले लखेट्न थालेपछि उनी भृकुटीमण्ड परिसरबाट च्यातिएको लुगासहित गायब भए ।

यसअघि अन्तरिम प्रधानमन्त्री चयनको माग गर्दै जंगी अड्डाअगाडि भेला भएका जेन-जी समूहका युवाहरूबीच कुटाकुट भएको थियो । उक्त घटनामा एमालेका कार्यकर्तासमेत रहेका प्रेम लामा संलग्न भएको दाबी गरिएको थियो ।

खासमा उनले फेसबुक प्रोफाइलमा आफूलाई अनेरास्ववियुको केन्द्रीय समिति सदस्यका रुपमा चिनाएका छन् । तर पछिल्लो समय उनी निरन्तर जेन-जीको आन्दोलनमा छिरेका छन् ।

उनी कुनै बेला पत्रकार ऋषि धमलाले अपनाउने शैली क्यामेरामा अनुहार देखाउन कोसिस गरिरहने स्वभावका देखिन्छन् । उनले जेन-जीको भिडमा सकेसम्म क्यामेरा अगाडि अनुहार पर्ने गरी उभिएको भिडियो फेसबुक वालमा हालेका छन् ।

तर यसअघि भदौ पहिलो सातासम्म उनको वालमा एमालेका कार्यक्रमको विवरण हालेको पाइन्छ । उनले आफूलाई काठमाडौँबासीका रुपमा चिनाएका छन् ।

उनले गत भदौ ४ गते एमाले बैठकमा उपस्थित हुन गरेको आग्रहसहितको सूचना हालेका छन् । उनी नेकपा एमाले युवा-विद्यार्थी विशेष जिल्ला कमिटीमा रहेको विवरण फेसबुकबाट देख्न पाइन्छ ।

तर पछिल्लो सयम उनी जेन-जीको पक्षमा सामाजिक सञ्जालमा लेखिरहेका छन् । जेन-जी आन्दोलनमा सहभागी भएका कयौँ भिडियो पनि उनको वालमा देख्न पाइन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ६ : २८ बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका