पर्यटन मन्त्रालयको काम नियमित « Khabarhub

पर्यटन मन्त्रालयको काम नियमित


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा आएको छ । परिस्थिति सामान्य बन्दै गएपछि आजबाट मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीका ‘जेनजी’ प्रदर्शनका कारण भदौ २७ सम्म सबै निकायको काम स्थगित भएको थियो । उक्त दिनसम्म निषेधाज्ञा रहेको, २८ गते शनिबार परेकाले आइतबार २९ गतेदेखि नियमित रूपमा सबै सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएका छन् ।

मन्त्रालयले सामान्यका काम सञ्चालन गरेको र पूर्वघोषित कार्यक्रम तथा आगामी कार्यक्रम भने मन्त्री बहालीपछि मात्रै हुने मन्त्रालयले जनाएको छ ।

पर्यटन मन्त्रालयमा धेरै क्षति भएको छैन । भूँइतलाको केही झ्यालका सिसा फुटेका छन् । केही गाडीमा क्षति भएको छ । त्यसबाहेक खासै समस्या भएको छैन । 

आज मन्त्रालयमा पुग्दा सचिव हरिप्रसाद मैनाली कार्यकक्षमा नियमित काम र भेटघाटमा व्यस्त थिए । मन्त्रालयका विभागीय, मातहत निकायका प्रमुखले आ–आफ्नो कार्यालयको ब्रिफिङ गरिरहेका थिए । मन्त्रालयका अधिकांश कर्मचारी कार्यालयमै थिए ।

मन्त्रालयअन्तर्गतको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित पुरानो भवनमा भने आगजनी भएको छ । 

बबरमहल कार्यालयका कर्मचारीले सिनामङ्गलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा काम गरिरहेका छन् । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार प्रशासन, अर्थ, आन्तरिक लेखापरीक्षण र गुणस्तर, ‘कम्युनिकेशन नेभिगेशन’, अग्नी निवारण, आन्तरिक विमानस्थल तथा सुविधा विभाग, कानुन शाखा, ‘एटीएम’ विभाग र महानिर्देशकको सचिवालयलगायत संरचना आगजनीबाट जलेर ध्वस्त भएका छन् । 

केन्द्रीय पुस्तकालय र स्टोरमा भएका सम्पूर्ण सामग्री जलेर नस्ट भएका छन् । १२ भन्दाबढी सावरीसाधन जलेका छन् ।     

कार्यालयमा भएको क्षतिबारे अध्ययन गर्न प्राधिकरणका प्रवक्ता बाबुराम पोखरेलको संयोजकत्वमा १३ सदस्यीय कमिटी गठन गरिएको प्रवक्ता भूलले जानकारी दिए । 

कार्यालयमा भएको क्षतिको विवरणबारे मूल्याङ्कन गरेर प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा तोडफोड भएको छ । निगमका आधा दर्जन गाडीमा आगजनी गरिएको छ । निगमको प्रशासनिकलगायत सम्पूर्ण काम सामान्य रूपमा सञ्चालन भइरहेको निगमले जनाएको छ ।

पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले नियमित काम सञ्चालन भइरहेको बताए । उनका अनुसार विभागमा पनि कुनै क्षति भएको छैन । कार्यालयका दुई वटा गाडीमा क्षति पुगेको छ । 

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ७ : १७ बजे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश