नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु « Khabarhub

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती बस’ नदीमा खस्दा कम्तीमा १९ जना महिला र बालबालिकाको मृत्यु भएको युनियनका एक अधिकारी र बासिन्दाले आइतबार जानकारी दिएका छन् ।

शनिबार साँझ आंशिक रूपमा भत्किएको पुलमा चालकले बस रोकेको तर पछि बस गुडेर नदीमा खसेका यातायात सञ्चालक युनियनका एक अधिकारी अबुबाकर मोहम्मदले बताएका छन् ।

जन्ती बस विवाहपछि दुलहीलाई लिएर बेहुलाको घरतर्फ गइरहेको थियो । “जाम्फारा राज्यको फास गाउँ नजिकै पुल भत्किएको स्थानमा रोके पछि दुर्घटना भएकोले चालकले ‘ह्यान्ड ब्रेक’ प्रयोग गर्न बिर्सेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ,” मोहम्मदले भने।

उक्त बस छिमेकी राज्य केब्बी राज्यको जेगातर्फ जाँदै थियो । फासका बासिन्दाहरूले बसमा सवार सबै महिला र बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्।

नाइजेरियामा कमजोर सडक संरचना र चालकको लापर्बाहीका कारण बारम्बार सडक दुर्घटनाहरू हुने गरेका छन्। सङ्घीय सडक सुरक्षा कार्यालयको तथ्याङ्कअनुसार नायजेरियामा गत वर्ष भएका नौ हजार ५७० दुर्घटनाहरूमा पाँच हजार ४२१ को मृत्यु भएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ८ : १७ बजे

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको