नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु « Khabarhub

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती बस’ नदीमा खस्दा कम्तीमा १९ जना महिला र बालबालिकाको मृत्यु भएको युनियनका एक अधिकारी र बासिन्दाले आइतबार जानकारी दिएका छन् ।

शनिबार साँझ आंशिक रूपमा भत्किएको पुलमा चालकले बस रोकेको तर पछि बस गुडेर नदीमा खसेका यातायात सञ्चालक युनियनका एक अधिकारी अबुबाकर मोहम्मदले बताएका छन् ।

जन्ती बस विवाहपछि दुलहीलाई लिएर बेहुलाको घरतर्फ गइरहेको थियो । “जाम्फारा राज्यको फास गाउँ नजिकै पुल भत्किएको स्थानमा रोके पछि दुर्घटना भएकोले चालकले ‘ह्यान्ड ब्रेक’ प्रयोग गर्न बिर्सेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ,” मोहम्मदले भने।

उक्त बस छिमेकी राज्य केब्बी राज्यको जेगातर्फ जाँदै थियो । फासका बासिन्दाहरूले बसमा सवार सबै महिला र बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्।

नाइजेरियामा कमजोर सडक संरचना र चालकको लापर्बाहीका कारण बारम्बार सडक दुर्घटनाहरू हुने गरेका छन्। सङ्घीय सडक सुरक्षा कार्यालयको तथ्याङ्कअनुसार नायजेरियामा गत वर्ष भएका नौ हजार ५७० दुर्घटनाहरूमा पाँच हजार ४२१ को मृत्यु भएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ८ : १७ बजे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश