राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली | Khabarhub Khabarhub

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ, साझेदार संस्था सेभ द चिल्ड्रेन, बाल अधिकार क्षेत्रमा सक्रिय नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संजालका प्रमुखहरूको उपस्थिती रहेको थियो।

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बालबालिकाको सम्झनामा निर्माण गरिएको शान्ति पार्कमा सिजपले हरेक वर्ष बाल दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै आएको छ। तर, भदौ २३ र २४ गते भएको जेनजि पुस्ताको आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण यस वर्ष बाल दिवसका अन्य कार्यक्रमहरू हुन सकेनन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले भने, “बालबालिका र विद्यालयहरू शान्तिक्षेत्र हुन्। बालबालिका हाम्रो राष्ट्रिय गौरव हुन्। उनीहरूको संरक्षण र सम्बर्द्धन गर्नु सरकार, घरपरिवार र समुदाय सबैको साझा दायित्व हो। भदौ २३ पछि उत्पन्न घटनाक्रमले बालबालिकामा गम्भीर मनोसामाजिक समस्या सिर्जना गरेको छ। फेक सूचनाका कारण उनीहरूमा त्रास फैलिएको छ। अब विद्यालयमा शान्ति शिक्षा र मनोपरामर्श सेवा अनिवार्य गर्नुपर्छ।”

कार्यक्रममा बोल्दै बालअधिकारकर्मी कुमार भट्टराई, प्रलाद ढकाल, गोविन्द शाही र बेनुमाया गुरुङले युद्ध, द्वन्द्व, प्रदर्शन र आन्दोलनमा जहिल्यै बालबालिका पीडित र प्रभावित हुने गरेको स्मरण गराउँदै, “जेनजि आन्दोलनसहित परिवर्तनका आन्दोलनहरूमा योगदान गर्ने सबै बालबालिका र युवाप्रति हामी सम्मान व्यक्त गर्छौं। पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूलाई निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।”

सहभागीहरूले विद्यालय र बालबालिका शान्तिक्षेत्र कायम गर्नुपर्ने, कुनै पनि आन्दोलन वा हिंसामा बालबालिकाको प्रयोग नगर्नुपर्ने र राजनीतिक दल तथा युवा पुस्ताले कानुन, अधिकार र कर्तव्यका विषयमा थप सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् ।

हालै सम्पन्न जेनजि आन्दोलनका क्रममा थुप्रै बालबालिका घाइते भएका थिए भने कम्तीमा चारजना १८ वर्षमुनिका बालबालिकाले ज्यान गुमाएका छन् । साथै फेक समाचार र डरत्रासका कारण धेरै बालबालिका त्रसित बनेको सरोकारवालाहरूले बताए । यसप्रति राज्य गम्भीर हुनुपर्ने र परिवारले बालबालिकालाई समय दिनुपर्ने आवश्यकता समेत औंल्याइएको थियो।

संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा पारित भएको थियो। नेपालले यसलाई १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो। त्यसपछि २०६२र६३ को जनआन्दोलनपश्चात् नेपालमा प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने प्रचलन सुरु भएको हो। तर यस वर्ष भदौ २३ र २४ गतेको आन्दोलनका घटनाले बालबालिका र युवाहरूको ठूलो क्षति भएपछि दिवसलाई पीडादायक र खल्लो रूपमा मनाउनुपरेको सहभागीहरूको भनाइ रहेको थियो ।

५० जिल्लामा १०७ सदस्य संस्था रहेको बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को स्थापना नै बालबालिकालाई हिंसा, दुर्व्यवहार र शोषणबाट जोगाउने र बालमैत्री नीतिको पैरवी गर्ने उद्देश्यले भएको सिजप महासचिव राजु घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार, अभियानले बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न आगामी दिनमा अझ सक्रिय भूमिका खेल्नेछ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ८ : ३३ बजे

हिउँ पन्छाएर बाह्र दिनपछि खुलाइयो न्यालु सडक

सिमकोट– हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा

ओलीलाई प्रदेश अध्यक्ष ढुंगेलले सोधे- अन्त गएकालाई बोलाइरहँदा घरभित्रकै विद्या भण्डारीलाई कहिलेसम्म रोकिरहने ?

काठमाडौं- नेकपा एमालेका एकजना प्रदेश कमिटी अध्यक्ष खुलेर पूर्वराष्ट्रपति विद्या

पार्टीमा युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

काठमाडौं– डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित

दक्षिण कोरियाको निर्यात १४.४ प्रतिशतले वृद्धि

सियोल- दक्षिण कोरियाको निर्यात मात्रामा सेप्टेम्बर महिनामा १४.४ प्रतिशतले वृद्धि