जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ « Khabarhub

जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनलाई वडा कार्यालयमै गएर नियन्त्रणमा लिएको हो।

तिवारीमाथि जेन–जी आन्दोलनलाई उक्साउने खालका अभिव्यक्ति सामाजिक सञ्जालमार्फत प्रसारित गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टका अनुसार तिवारीविरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

उनले सामाजिक सञ्जालमा डिएसपीकै नाम तोकेर आलोचना गरेका थिए। आफ्नो स्टाटसमा उनले “फलेवासका बालुवा तस्कर र तिनका संरक्षकलाई कारबाही नगर्ने प्रहरी अधिकारीलाई समेत जेनजीले कारबाही गर्लान् भन्ने आशा गरेको छु” भन्ने उल्लेख गरेका थिए।

तिवारी नेपाली कांग्रेस पर्वतका प्रवक्ता समेत हुन्। प्रहरीका अनुसार उनको स्टाटसमा प्रयोग गरिएका अभिव्यक्ति घृणा फैलाउने खालका भएकाले कारबाही अघि बढाइएको हो।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ८ : ५३ बजे

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको