जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ « Khabarhub

जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनलाई वडा कार्यालयमै गएर नियन्त्रणमा लिएको हो।

तिवारीमाथि जेन–जी आन्दोलनलाई उक्साउने खालका अभिव्यक्ति सामाजिक सञ्जालमार्फत प्रसारित गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टका अनुसार तिवारीविरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

उनले सामाजिक सञ्जालमा डिएसपीकै नाम तोकेर आलोचना गरेका थिए। आफ्नो स्टाटसमा उनले “फलेवासका बालुवा तस्कर र तिनका संरक्षकलाई कारबाही नगर्ने प्रहरी अधिकारीलाई समेत जेनजीले कारबाही गर्लान् भन्ने आशा गरेको छु” भन्ने उल्लेख गरेका थिए।

तिवारी नेपाली कांग्रेस पर्वतका प्रवक्ता समेत हुन्। प्रहरीका अनुसार उनको स्टाटसमा प्रयोग गरिएका अभिव्यक्ति घृणा फैलाउने खालका भएकाले कारबाही अघि बढाइएको हो।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ८ : ५३ बजे

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र