रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग « Khabarhub

रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय, प्रदेश र जिल्ला पदाधिकारीहरूको संयुक्त भर्चुअल बैठक जारी छ। बैठकमा नेताहरुले हालैको जेनजीआन्दोलनमा रास्वपाको संस्थागत समर्थन रहेको स्पष्ट पार्दै ऐतिहासिक उपलब्धि र आन्दोलनले उठाएका मुद्दा रास्वपाको सुरुवाती वाचापत्रसँग समेत मेल खाने बताएका छन्।

बैठकमा उपसभापति डा. स्वर्णिम वाग्लेले सैद्धान्तिक स्पष्टता प्रस्तुत गर्ने बताइएको छ। उनले निजीक्षेत्रमैत्री राजनीतिक व्यवहार, सीमित सरकारको अवधारणा, सार्वजनिक सेवामा सुधार, गैरदलिय नियुक्ति, व्यक्तिको क्षमताप्रति सम्मान, भ्रष्ट राजनीतिक व्यवहारको विरोध, राजनीतिक प्रतिशोधमा राज्यको दुरुपयोगको अन्त्य, न्यायिक क्षेत्रमा दलिय भागबण्डाको विरोध र अनावश्यक राज्य संयन्त्रको खारेजीजस्ता मुद्दामा रास्वपाको धारणा प्रस्तुत गर्ने छन् ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आन्दोलनकै क्रममा भएको लुटपाट, आगजनी र धाकधम्कीमा संलग्नहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै राज्यका प्रशासनिक प्रक्रिया सहज बनाउन सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।

बैठकमा प्रदेशगत समीक्षा पनि प्रस्तुत गरिएको थियो। कोसी प्रदेशका कार्यवाहक सभापति सरिनले दलभित्र रहेको व्यक्तिवादी प्रवृत्ति हटाउनुपर्नेमा जोड दिँदै सुमना श्रेष्ठले पार्टी छाड्नुपर्ने अवस्था आउनु गम्भीर विषय भएको उल्लेख गरे। यसबारे छानबिन हुनुपर्ने उनको भनाइ छ । उनले दल व्यक्तिकेन्द्रित हुने वा सिद्धान्त केन्द्रित भन्ने विषयमा नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने धारणा राखे।

यता बागमती प्रदेशतर्फ भने हालै विभिन्न स्थानमा भएको आक्रमणबारे समीक्षा गरिएको थियो। हरि ढकालको चितवनस्थित कार्यालय, पार्टी प्रवक्ता मनिष झाको काठमाडौंस्थित सम्पर्क कार्यालय, अर्घाखाँची जिल्ला कार्यालय र केन्द्रीय कार्यालयमा भएको आक्रमणलाई गम्भीर विषयका रूपमा समीक्षा गर्दै यसबारे पार्टीले एकीकृत रणनीति बनाउनुपर्ने धारणा प्रस्तुत गरियो।

रास्वपाले यसअघि नै जेनजी आन्दोलनका कतिपय मुद्दा आफ्नो ४० महिना पुरानो वाचापत्रमै समावेश रहेको भन्दै आन्दोलनप्रति समर्थन जनाएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ९ : २८ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्