रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग « Khabarhub

रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय, प्रदेश र जिल्ला पदाधिकारीहरूको संयुक्त भर्चुअल बैठक जारी छ। बैठकमा नेताहरुले हालैको जेनजीआन्दोलनमा रास्वपाको संस्थागत समर्थन रहेको स्पष्ट पार्दै ऐतिहासिक उपलब्धि र आन्दोलनले उठाएका मुद्दा रास्वपाको सुरुवाती वाचापत्रसँग समेत मेल खाने बताएका छन्।

बैठकमा उपसभापति डा. स्वर्णिम वाग्लेले सैद्धान्तिक स्पष्टता प्रस्तुत गर्ने बताइएको छ। उनले निजीक्षेत्रमैत्री राजनीतिक व्यवहार, सीमित सरकारको अवधारणा, सार्वजनिक सेवामा सुधार, गैरदलिय नियुक्ति, व्यक्तिको क्षमताप्रति सम्मान, भ्रष्ट राजनीतिक व्यवहारको विरोध, राजनीतिक प्रतिशोधमा राज्यको दुरुपयोगको अन्त्य, न्यायिक क्षेत्रमा दलिय भागबण्डाको विरोध र अनावश्यक राज्य संयन्त्रको खारेजीजस्ता मुद्दामा रास्वपाको धारणा प्रस्तुत गर्ने छन् ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आन्दोलनकै क्रममा भएको लुटपाट, आगजनी र धाकधम्कीमा संलग्नहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै राज्यका प्रशासनिक प्रक्रिया सहज बनाउन सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।

बैठकमा प्रदेशगत समीक्षा पनि प्रस्तुत गरिएको थियो। कोसी प्रदेशका कार्यवाहक सभापति सरिनले दलभित्र रहेको व्यक्तिवादी प्रवृत्ति हटाउनुपर्नेमा जोड दिँदै सुमना श्रेष्ठले पार्टी छाड्नुपर्ने अवस्था आउनु गम्भीर विषय भएको उल्लेख गरे। यसबारे छानबिन हुनुपर्ने उनको भनाइ छ । उनले दल व्यक्तिकेन्द्रित हुने वा सिद्धान्त केन्द्रित भन्ने विषयमा नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने धारणा राखे।

यता बागमती प्रदेशतर्फ भने हालै विभिन्न स्थानमा भएको आक्रमणबारे समीक्षा गरिएको थियो। हरि ढकालको चितवनस्थित कार्यालय, पार्टी प्रवक्ता मनिष झाको काठमाडौंस्थित सम्पर्क कार्यालय, अर्घाखाँची जिल्ला कार्यालय र केन्द्रीय कार्यालयमा भएको आक्रमणलाई गम्भीर विषयका रूपमा समीक्षा गर्दै यसबारे पार्टीले एकीकृत रणनीति बनाउनुपर्ने धारणा प्रस्तुत गरियो।

रास्वपाले यसअघि नै जेनजी आन्दोलनका कतिपय मुद्दा आफ्नो ४० महिना पुरानो वाचापत्रमै समावेश रहेको भन्दै आन्दोलनप्रति समर्थन जनाएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ९ : २८ बजे

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार

मुख्य ६ एजेन्डासहित मतदातालाई प्रचण्ड-माधवको अपिल, ‘व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले चुनाव नजिकिँदै गर्दा बिहीबार मतदाताका लागि

बाढीले थला परेको रोशीमा छैन चुनावी चहलपहल (तस्बिरहरू)

काठमाडौं– अहिले देशभर चुनावी माहौल छाएको छ ।  नयाँ पुस्ता

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन– देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै

कास्कीका नेता राजु राईले छाडे रास्वपा, लेखे : पुराना जस्तै यो पनि बिग्रियो

कास्की- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु राईले चुनावको