मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ « Khabarhub

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम फाइनल गरेकी छन्। शुक्रबारदेखि गृहकार्य थालेर आइतबारसम्ममा ती तीन जनाको नाम टुंगो लगाइएको हो।

प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार, कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

यस्तै कानुन तथा गृहमन्त्रीमा ओम प्रकाश अर्याल र अर्थमन्त्रीमा रामेश्वर खनालको नाम फाइनल भएको प्रधानमन्त्री कार्यालयका ती सचिवले जानकारी दिए।

ती सचिवका अनुसार, तीनै जना मन्त्रीहरूको शपथ सोमबार हुने तय भएको छ।प्रधानमन्त्री कार्कीले आजै पदभार ग्रहण गरेपछि मन्त्रीहरूको नाम टुंग्याउन लामो कसरत गरेकी थिइन्।

घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। अर्याल काठमाडौं महानगरपालिकाका पूर्व कानुनी सल्लाहकार हुन्। रामेश्वर खनाल भने पूर्व अर्थसचिव हुन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ९ : ५४ बजे

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको