आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध « Khabarhub

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको आन्दोलनको क्रममा आयोगको टङ्गाल कार्यालय तथा मातहतका कार्यालयहरु (इटहरी, हेटौडा, पोखरा, बुटवल लगायत) मा भएको तोडफोड, आगजनी र चोरीका घटनाबारे सार्वजनिक सूचना जारी गरेको छ।

आयोगका अनुसार आन्दोलनको क्रममा सवारी साधन (चार पाङ्ग्रे र दुई पाङ्ग्रे), टेलिभिजन, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पडा लगायतका सामग्रीहरु लुटपाट र चोरी भएका छन्।

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने प्रक्रिया अघि बढिरहेको आयोगले जनाएको छ। यदि कसैले आयोग वा मातहत कार्यालय परिसरबाट यस्ता सामान लिएको वा प्राप्त गरेको भए काठमाडौको हकमा प्रहरी वृत्त मालीगाउँ वा आयोगको टङ्गाल कार्यालयमा, र मातहत कार्यालयको हकमा सम्बन्धित कार्यालय वा नजिकको प्रहरी कार्यालयमा फिर्ता बुझाइ दिन आग्रह गरेको छ । फिर्ता नगरे कानुन बमोजिम कारबाही गर्ने आयोगले चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १० : ३१ बजे

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको