एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य « Khabarhub

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनाएको थियो।

पाकिस्तानका लागि सहिबजादा फरान सर्वाधिक रन बनाउने खेलाडी रहे। उनले ४४ बलमा ४० रन जोड्दै १ चौका र ३ छक्का प्रहार गरे। फकर जमानले १७, शाहिन शाह अफ्रिदीले ३३ र फहिम अश्राफले ११ रन बनाएका थिए।

भारतका लागि बलिङतर्फ कुलदीप यादवले प्रभावशाली प्रदर्शन गरे। उनले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर ३ विकेट लिए। अक्षर पटेल र जसप्रीत बुमराहले २–२ विकेट लिए भने हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले १–१ विकेट लिए।

प्रतियोगितामा दुबै टोलीले आफ्नो पहिलो खेलमा जीत हात पारेका छन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १० : ४१ बजे

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको