काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै  « Khabarhub

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै 


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपक केसी र अस्पतालका निर्देशक प्राडा दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउने छ । कक्षमा नर्सिङ विषय अध्ययन गरेका ३ जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ । त्यस कक्षबाट महानगरपालिकाको फ्री हेल्थ डट काठमाडौं डट जीओभी डट एनपी अनलाइन प्रणालीमार्फत उपचारका लागि आएका बिरामीहरूलाई विभिन्न निजी तथा सामुदायिक अस्पतालमा पुर्‍याउने काम हुनेछ ।

महानगरपालिकाले २०८० बमोजिम फागुन १ गतेदेखि लक्षित वर्गको निःशुल्क उपचार सेवालाई व्यवस्थापन गरिरहेको छ । महानगरपालिकामा अहिले जनस्वास्थ्य निरीक्षकले यसको संयोजन गरिरहेका छन् ।

यस उपचार सेवामा देशभित्रका कुनै पनि ठाउँका व्यक्तिले रोगको निदान, प्रयोगशाला परीक्षणसहितको उपचार प्राप्त गर्न सक्ने छन् । लक्षित वर्गले ३ वटा विधिमध्ये कुनै एक विकल्पबाट सेवा प्राप्त गर्नेछन् ।

पहिलो विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । दोस्रोमा विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन जान सकिन्छ । तेस्रोमा, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सकिने छ । प्रमाण प्रमाणित हुन सकेमा एकाइले सिफारिस गर्नेछ ।

अहिलेसम्म हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्त थैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाड जोर्नीको, नाक कान घाँटी जस्ता शल्यक्रिया गर्नु पर्ने बिरामीले अपरेसनको सुविधा लिएका छन् ।

यस्तै, फेमिली मेडिसिनअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोगको उपचार, आकस्मिक स्वास्थ्य सेवा, नशा तथा स्नायुको उपचार, श्वासप्रश्वास सम्बन्धी समस्याको उपचार, मूत्र प्रणाली तथा पिसाब सम्बन्धी समस्यामा सेवा लिएका छन् ।

महानगरपालिकाको यो प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० शय्या आवद्ध छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : ३२ बजे

‘जेरी अन टप’ले मनायो ५१औँ दिन

काठमाडौं– चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा

बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री

काठमाडौं- बुवा रामनारायण साहको निधनपछि शोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर

श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र

कोलम्बो– श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ ।

खजुरीको पफमा भेटियो अखाद्य वस्तु, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट सबै खजुरीको

प्रचण्डका कार्यकर्ताको असहिष्णु व्यवहार, जनार्दनले गृहजिल्ला टेक्दा देखाए कालोझण्डा

काठमाडौं- रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणले तनावको अवस्था ल्याउन थालेको