मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै « Khabarhub

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो १ बजे मधेश प्रदेशसभा बैठक बस्दैछ ।

प्रदेशसभा सचिवालयले आइतबार एक सूचना जारी गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रअनुसार नेपालको संविधानको धारा, १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को (४) बमोजिम मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सञ्चालनको आह्वान गरिएको जनाएको थियाे ।

जनमत पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका सिंहलाई उनकै पार्टी जनमतसहित नेपाली कांग्रेस, नेकपा एमाले, महन्थ ठाकुर नेतृत्वको लोसपाले समर्थन फिर्ता लिइसकेका छन् । यो अवस्थामा मुख्यमन्त्री सिंह स्पष्ट अल्पमतमा रहँदारहँदै पनि उनले विश्वासको मत लिन लागेका हुन् ।

गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन चर्किएपछि मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको भए पनि स्थिति सामान्य बनेपछि लिखित राजीनामा दिन अस्वीकार गरेका थिए ।

त्यसपछि मुख्यमन्त्री सिंहकै पार्टी जनमतले सुरुमा उनीमाथिको समर्थन फिर्ता लिएर संसदीय दलले कारबाहीको सिफारिस गरेको थियो ।

यसैबीच, मधेश प्रदेशमा नेपाली कांग्रेस, एमाले र जनमत पार्टीले संयुक्त रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णा यादवलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि ५८ जना सदस्यको समर्थनसहितको दाबीमात्र प्रदेश प्रमुखको कार्यालयमा पेश गरिसकेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ८ : ०८ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा