कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै « Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेण्डामा सहमति जुटाउन बैठक बस्न लागेको हो । यसअघि एजेण्डामा सहमतिका लागि हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको थियो ।

बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठकयता लगातार बसिरहेको कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल भए पनि अन्तिम टुङ्गो लाग्न सकेको छैन ।

पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक धारणाका कारण नेताहरूवीच सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : ४८ बजे

वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज– पर्साको वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।