फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार  « Khabarhub

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार 


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -कारागारबाट फरार भएकामध्ये एक सय १३ जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन् । भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म तीन सय २५ कैदीबन्दी कारागार फर्केका छन् । 

भीमफेदी कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ५६ र अन्य कारागारबाट फरार ६९ गरी तीन सय २५ कैदीबन्दी भीमफेदी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । 

प्रमुख पौडेलका अनुसार भागेकामध्ये एक सय १३ कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन् भने बाँकी सबैलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका हुन् ।

यही भदौ २४ गते राति भीमफेदी कारागारको पर्खाल भत्काएर चार सय ४० कैदीबन्दी फरार भएका थिए । कारागारबाट फरार भएकामध्ये एक सय ८४ कैदीबन्दी अझै सम्पर्कमा नआएको प्रमुख पौडेलले बताए । यस्तै सो कारागारबाट फरार ३९ जना विदेशी कैदीबन्दीमध्ये हालसम्म १२ जनामात्र फिर्ता आएको र २७ जना अझै फरार रहेको उनले बताए । 

कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट दुई सय ६० र (ख) ब्लकबाट एक सय ८० गरी चार सय ४० कैदीबन्दी फरार भएका थिए । 

फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए । 

कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए । रासस

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ११ : ३७ बजे

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले