ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण « Khabarhub

ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तिकरण परियोजनाअन्तर्गत सफलतापूर्वक ऊर्जा दक्षताका उपायहरू लागू गरेका दोस्रो चरणका उद्योगहरूलाई आर्थिक अनुदान वितरण गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा दोस्रो चरणमा १३ उद्योगलाई रु चार करोडभन्दा बढीको अनुदान प्रदान गरिएको थियो । विस्तृत ऊर्जा ‘अडिट’मार्फत पहिचान गरिएका ऊर्जा बचत उपायहरूको सफल कार्यान्वयनपछि यो अनुदान वितरण गरिएको हो । 

यी उपायहरूबाट वार्षिक १२ लाख ३५ हजार ५४४ किलोवाट घण्टा ऊर्जा बचत भई वार्षिक रु चार करोड ७७ लाख ५८ हजार १६ भन्दा बढी खर्च कटौतीमा योगदान पुर्‍याउँदै नेपालको जलवायु लक्ष्य र दिगो आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिने बताइएको छ ।

अनुदान पाउने उद्योगहरूमा कृषि प्रशोधन, औषधि र डेरी उद्योगलगायत विभिन्न क्षेत्रका उद्योगहरू रहेका छन् । सबैभन्दा ठूलो अनुदान १० मिलियन, प्राप्त गर्ने एजी हेल्थ इन्डस्ट्रिज प्रालिले दुई प्रमुख ऊर्जा दक्षता उपायहरू लागू गरेको छ, जसमा म्यानुअल प्याकेजिङ मेसिनको प्रतिस्थापन पनि समावेश छ ।

कम्पनीको आफ्नो ४० मिलियनभन्दा बढीको लगानीबाट वार्षिक रु १० मिलियनभन्दा बढी बचत हुने अपेक्षा गरिएको छ, जसले ऊर्जा दक्षता नवप्रवर्तनको बलियो व्यावसायिक उदाहरण प्रस्तुत गरेको जनाएको छ ।

कार्यक्रममा सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिका प्रबन्ध निर्देशक सुमित केडियाले ऊर्जा खर्च कुल सञ्चालन लागतको करिब ३०–३५ प्रतिशत रहेको र यस प्रकारका पहलहरूले उद्योगहरूलाई चेतनाभन्दा वास्तविक क्रियाकलापतर्फ लैजान सहयोग पुर्‍याउने बताए । 

एरो फार्मास्युटिकल्स प्रालिका प्रबन्ध निर्देशक डा पङ्कज तिवारीले ऊर्जा अडिट प्रक्रियालाई प्रकाशमय रहेको, जसले ऊर्जा अधिकतम प्रयोग गर्ने नयाँ तरिकाहरू र अन्तर्राष्ट्रिय सुरक्षा तथा  मापदण्डहरूको पालना गरिएको उल्लेख गरे । रासस

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : १६ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित