अपी सडक निर्माणमा ढिलाइ, महँगीको मारमा स्थानीय « Khabarhub

अपी सडक निर्माणमा ढिलाइ, महँगीको मारमा स्थानीय


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दार्चुला– यहाँको अपी हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने गरी निर्माणाधीन मकरीगाड–खण्डेश्वरी सडक निर्माणमा ढिलाइ भएको छ । प्रत्येक वर्ष बजेट अभाव र निर्माण व्यवसायीको सुस्तताका कारण सडक निर्माणमा ढिलाइ भएको हो ।

आर्थिक वर्ष २०७७/७८ सालदेखि सो सडक निर्माण सुरु भएकामा २०८२ वैशाख १४ गते नयाँ ठेक्का सम्झौता भएर काम अघि बढेको थियो । 

सुर्खेतको बिएन्डपी निर्माण सेवाले बाटो खोल्ने जिम्मेवारी पाएकामा हालसम्म म्याद थप हुँदा पनि २० प्रतिशत मात्रै काम सम्पन्न भएको सडक डिभिजन कार्यालय पाटन बैतडीका निमित्त प्रमुख इन्जिनियर लक्ष्मणदत्त जोशीले जानकारी दिए । कुल तीन करोड ८६ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । 

मकरीगाडदेखि दुई दशमलव पाँच किलोमिटर सडक खण्डको नयाँ बाटो खुलाउनुपर्ने छ । जसमा एक किलोमिटर सडक खण्ड कडा चट्टान छ ।

चट्टान भएको खण्डमा हाल निर्माण कम्पनीले काम गरिरहेको सडक डिभिजन कार्यालय पाटन बैतडीका इन्जिनियर लिलाधर भट्टले बताए । उनका अनुसार पछिल्लो समय पुस मसान्तसम्म ठेक्का म्याद थप गरिएको छ । 

‘कडा चट्टान भएको क्षेत्र छिचोल्ने बित्तिकै सडक काट्न सहज छ,’ भट्टले भने, ‘गाउँ पुग्ने बित्तिकै माटो फाल्ने काम, पर्खाल लगाउने काम सुरु हुन्छ ।’ यो सडकले अपी हिमाल गाउँपालिका–१ देखि ४ का नागरिकलाई सहज हुनेछ । 

स्थानीयको अवरोध नभएमा निरन्तर काम अघि बढ्ने निर्माण कम्पनीका प्रतिनिधि विष्णु केसी बताउँछन् । अपी हिमाल गाउँपालिका–३ का स्थानीय गोपि लोथ्याल सडक गाउँपालिका केन्द्रसम्म नपुग्दा स्थानीयले महँगीको मार खेप्नुपरेको सुनाए । ‘अहिले मकरिगाडबाटै घुसा, खण्डेश्वरीसम्म सामान ढुवानीमा प्रतिकिलो १० रुपैयाँ पर्छ’, उनले भने । 

अपी हिमाल गाउँपालिका अध्यक्ष भगतसिँह ठेकरे बोहराले चालु आर्थिक वर्षभित्र गाउँपालिका केन्द्रसम्म सडक पुग्ने विश्वास व्यक्त गरे । 

यो वर्ष सडक विभागले तीन करोड र गाउँपालिकाले एक करोड बजेट विनियोजन गरिएको छ । सांसद विकास कोषबाट तीन करोड बजेट विनियोजन भएको थियो । सांसद विकास कोषको बजेट भने कटौती हुने सम्भावना छ । रासस
 

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : २१ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा