तिहारका लागि चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक (तस्बिरहरू) « Khabarhub

तिहारका लागि चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक (तस्बिरहरू)


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) गरिरहेको छ ।

केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्री गरिरहेको छ । सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । एक जनाले एउटा मात्र सिक्का किन्न पाइनेछ ।

सुनको असर्फी भने यस वर्ष बिक्रिबितरण नगरिने महाशाखाले जानकारी दिएको छ ।

बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का बिक्री वितरण गर्दै आएको थियो । तर केन्द्रीय बैंकको सञ्चालक समितिले सुनको असर्फी छाप्ने विषयका कुनै निर्णय नगरेपछि चाँदीको सिक्का मात्रै बिक्री वितरण गरिएको महाशाखाले जनाएको छ ।

चाँदीको सिक्का बिक्री शुरु भएसँगै सर्वसाधारणहरू लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का खरिद गर्न महाशाखा पुगेका छन् ।  

सिक्का किन्नको लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्नेछ । 

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : ४२ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष