इलाममा बाढीपहिरोले क्षतिग्रस्त सडक खुलाउन धमाधम काम हुँदै « Khabarhub

इलाममा बाढीपहिरोले क्षतिग्रस्त सडक खुलाउन धमाधम काम हुँदै


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वी पहाडका जिल्लाहरु जोड्ने मेची राजमार्ग असोज १८, १९ र २० गते परेको अविरल वर्षाका कारण इलामको राजदुवालीमा पहिरो खस्दा राजमार्ग ११ दिनदेखि ठप्प छ । अन्य सडकका पुलहरु पनि बग्दा वैकल्पिक मार्गहरु समेत सुचारु हुन सकेका छैनन् ।

तर पनि सडक विभाग माइजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक जोड्ने जोगमाई खोलामा अस्थाई डाइभर्सन निर्माणमा जुटेको छ । सोमबार जोगमाई हाइड्रोको केनल पल्टाउन नसकेपछि काम रोकिएको थियो ।

‘आज डाइभर्सनमा त्यो केनल पनि प्रयोग गर्ने गरी ३ ठाउँबाट फुटाउने काम भइसकेको छ । सोमबार काम गर्दा डाइभर्सन निर्माण गर्न अपुग भएको ह्यूमपाइप हिजै पाँचथरबाट सडक डिभिजन कार्यालयमा आइसकेको छ ।’ सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले भने ।

सडक विभागलगायत सबै सरोकारवाला निकाय राजदुवालीसँगै जोगमाई खोलाको पुल बगाएको स्थानमा डाइभर्सन निर्माणको काममा जुटेको उनले बताए । ‘निर्माणका लागि एक जनालाई जिम्मा दिएका छौँ, हामी पनि लागेका छौँ । सम्भवतः आज साँझसम्ममा तिल्केनी–माइबेनी–सिमलगोलाई खण्ड खुलाउँछौं । त्यहाँबाट सकेसम्म साना ठूला गाडी आवतजावत हुनेगरी डाइभर्सन निर्माण हुनेछ ।’ उनले भने ।

सरोकारवाला निकायसँग मिलेर स्थलगत निरीक्षण गरेपछि जिल्ला प्रशासन कार्यालय, इलामले आइतबार राजदुवाली खण्डको विकल्पमा यो खण्ड सुचारु गर्ने निर्णय गरेको थियो ।

इलाम सदरमुकाम तिल्केनीबाट मेची राजमार्ग गोदाक जोड्ने मुख्य विकल्पका रुपमा यस खण्ड सुचारु गर्न लागिएको हो ।
उक्त खण्डको जोगमाई खोलामा गत असारमा निर्माण सम्पन्न गरिएको बेलिब्रिज बाढीले बगाएको थियो । राजदुवाली खण्ड सुचारु गर्न पनि विभागले यतिबेला काम गरिरहेको छ ।

उक्त खण्डमा पानी नियन्त्रण तथा निकासको काम सम्पन्न गरी तल्लो स्लोप सफा गरिसकेको सडक विभागबाट खटिएका भू–प्राविधिक विशेषज्ञ मधुसुदन आचार्यले बताएका छन् । ‘राजदुवाली खण्डमा भने मंगलबारसम्ममा हामीले हामीले मुख्यतया भूमिगत पानी नियन्त्रण गरिसकेका छौँ, तलदेखि माथिसम्म तीन खण्डमा पहिरो खसेकोमा तल्लो खण्डको माटो हटाएर आजबाट दोश्रो स्लोपमा काम गर्छौँ, पानीलाई निकास दिएकाले भासिने क्रम कम हुँदै गएको छ’ आचार्यले भने ।

सम्भवतः पहरो पन्छाइसकेर गिट्टी हालेर रोलर लगाउँदा एक हप्ताभित्र यो खण्ड पनि खुलाउने गरी काम भइरहेको उनले बताए । ‘जोगमाईमा डाइभर्सन बनिसकेपछि सामान ढुवानीका लागि सहजहुनेछ र यताको काम पनि हप्ता दिनमा पक्कै खुल्ने आशा राख्न सकिन्छ ।’ आचार्यले भने ।

आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल निस्कने खण्डमा पनि क्षतिग्रस्त पक्की पुलको पिल्लर फिलिङ गरेर साना सवारी पास गराइ मेची राजमार्गसम्मको अस्थाइ निकास खुलाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : १० बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह