२१४ वटा कम्पनीको शेयर मूल्य घट्यो, १९ अंकले घट्यो नेप्से « Khabarhub

२१४ वटा कम्पनीको शेयर मूल्य घट्यो, १९ अंकले घट्यो नेप्से


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भएका मध्ये २१४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेसँगै १९.४३ अंकले नेप्से घटेर २५२८.१६ अंकमा पुगेको हो ।

आज नेप्सेमा सोमबारको तुलनामा कारोबार रकम पनि घटेर ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँ बराबरको मात्रै भयो ।

मंगलबार नेप्से घटेपनि ३३ वटा कम्पनीको भने सेयर मूल्य वृद्धि भएको छ । तर, ५ वटा कम्पनीको सेयर मूल्य भने आज स्थीर रह्यो ।

आज नेप्सेमा कारोबार भएकामध्ये शुभम पावर कम्पनीको सेयर बिक्रेताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने समाज लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा म्युचुअल फन्ड, अन्य र व्यापार समूह बाहेक सबै सूचक नकारात्मक रह्यो ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : १४ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,