गृहमन्त्री अर्याल र चिनियाँ राजदूत साँगबीच भेटवार्ता, एक चीन नीतिप्रति जनाए प्रतिबद्धता « Khabarhub

गृहमन्त्री अर्याल र चिनियाँ राजदूत साँगबीच भेटवार्ता, एक चीन नीतिप्रति जनाए प्रतिबद्धता


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत चेन् साँगले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार भएको भेटका क्रममा मन्त्री अर्यालले ‘एक चीन नीति’ प्रति नेपालको दृढ र अविचलित प्रतिबद्धता व्यक्त गरे । उनले नेपालले चीनको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनै पनि गतिविधि आफ्नो भूमिमा गर्न नदिने उल्लेख गरे ।

मन्त्री अर्यालले पञ्चशीलका पाँच सिद्धान्तहरू र ७० वर्ष लामो कूटनीतिक सम्बन्धमा आधारित आपसी मित्रता र विश्वासको सम्बन्धको प्रशंसा गर्दै व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि स्थानान्तरण र पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न प्रतिबद्धता जनाएका थिए ।

बैठकमा बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गतका प्राथमिक परियोजनाहरूलाई अघि बढाउने विषयमा पनि छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : २६ बजे

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठजना पक्राउ

पर्सा– वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश