तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन | Khabarhub Khabarhub

तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध आउन थालेपछि सञ्चालन ल्याइएको हो ।
 
उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत असारमा दुई दिन मात्रै सञ्चालनमा आएर बन्द भएको उक्त उद्योग असोज पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको हो । अहिले दैनिक एक लाख लिटरसम्म दूध आउन थालेको छ । 

उनले भने, ‘सालाखाला ८० हजार लिटर दूध दैनिक आउन थालेको छ ।’
 
प्रशोधनका लागि डेरी र सहकारीहरुले दूध नल्याएपछि उद्योग आफैँले दूध किनेर सञ्चालन गर्ने तयारीसमेत गरेको थियो । सो समयमा सबैतिर दूधको अभाव भएपछि उद्योग सञ्चालन हुन सकेको थिएन । दसैँ बिदाको समयबाहेक यो महिना लागेपछि नियमितजस्तो उद्योग सञ्चालनमा रहेको प्रबन्धक पराजुलीले जानकारी दिए । किसानबाट संकलित दूध बिक्री नभएपछि डेरी र सहकारीहरुले यहाँ ल्याएर प्रशोधन गर्ने गर्दछन् । उद्योगले धुलो (पाउडर)दूध र नौनी (बटर) उत्पादन गर्ने गर्दछ ।
 
चितवन, मकवानपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लाबाट दूध आउन थालेको प्रबन्धक पराजुलीले जानकारी दिए । गत वर्ष बिक्री नभएपछि डेरी र सहकारीले यहाँ थन्काएका नौनी, घ्यू र धुलो दूध लगिसकेका छन् । प्रशोधन गरिएका उत्पादन सम्बन्धित संस्थाले नलगेपछि उद्योगका सबै ठाउँ नौनी र पाउडर दूधले भरिएको थियो ।
 
भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु ११३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । 

विसं २०६४ मा स्थापना भएको सो उद्योग २०७२ सालमा आएको भूकम्पसँगै बन्द भएको थियो । बन्द हुनुअघि उद्योग आफैँले दूध खरिद गरेर प्रशोधन गरी बजारमा बिक्री गर्दै आएको प्रबन्धक पराजुलीले बताए।
 

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ४ : १७ बजे

प्रचण्डले लोकेन्द्रलाई भनेका थिए- बाबुरामले छाड्नु भयो, अब तपाईं फर्किनुस्

काठमाडौं- लोकेन्द्र विष्ट मगरले नेकपा माओवादी केन्द्र छाडेको नै १२

पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

फिक्कल– इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानहरू चिन्तित

काभ्रेमा सुरु भयो नमोबुद्ध जात्रा : पितृको सम्झनामा ‘दीप प्रज्वलन’

काठमाडौं– काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा बुधबार नमोबुद्ध

टिपर दुर्घटनामा एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भीरमा आज बिहान टिपर दुर्घटना

‘उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु’

एजेन्सी – उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतंकवादीहरूबिच भएको गोलीबारीमा