मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन « Khabarhub

मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व संकलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यहाँको कोरलानाकामा सोमबारसम्म उक्त राजस्व संकलन भएको हो । 

यहाँ २०८० कात्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकावासीलाई मात्रै लक्ष्य गरी खुल्ला गरिएको कोरलानाकामा भन्सार गतिविधि आंशिक रुपमा सक्रिय रहेकामा पूर्ण रुपमा नाकामा व्यापारिक कारोबारका लागि आयात-निर्यात खुल्ला गरिएसँगै मुस्ताङ भन्सार कार्यालय सक्रिय बनेको हो । 

विभागले कोरलानाका सञ्चालनका लागि प्राविधिक जटिलताको अन्त्य गरी जनशक्ति व्यवस्थापन गरेसँगै यहाँ व्यापारिक चहल÷पहल बढेको हो ।

भन्सार सक्रिय भएको एक साता आन्तरिक व्यवस्थापन मिलाउन समय लागेकामा दसैँअघिसम्म कोरलानाकाबाट आयात÷निर्यातबाट दुई अर्ब दुई करोड ९६ लाख राजस्व संकलन भएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए । चीनबाट कोरलानाका हुँदै भित्रिएका मालवस्तु वाहक र विद्युतीय कारको जाँचपास चलिरहँदा दसैँ बिदा परेका कारण भन्सार कार्यालय एक साता बढी बन्द हुन पुगेको थियो । दसैँपछि मुस्ताङ भन्सार कार्यालयको सेवा सञ्चालनमा आएको हो । 

हालसम्म कार्यालयबाट चीनबाट आयात गरिएका मालवस्तु ढुवानीका ३८७ वटाको भन्सार जाँचपास भइसकेर गन्तव्यतर्फ प्रस्थान गरेको प्रमुख खड्काले बताए । यसैगरी, चीनबाट आयात गरिएका विभिन्न कम्पनीका एक हजार १९४ विद्युतीय कारको भन्सार जाँचपास भइसकेको छ । नेपालतर्फबाट भने स्थानीय उत्पादन तथा हस्तकला सामग्री ढुवानी गरिएका पाँचवटा मालवाहक साधन भन्सारमा जाँचपास भई चीनतर्फ निर्यात भएको उनले उल्लेख गरे ।

मुस्ताङ भन्सार कार्यालयमा दसैँपछि थप २२९ विद्युतीय कार र १२ मालवाहकको भन्सार जाँचपास भएको बताइएको छ । कोरलानाकाबाट हुने व्यापारिक आयात÷निर्यात तथा मुस्ताङ भन्सार कार्यालयले प्रवाह गर्ने सेवासुविधामा बाह्रै महिना सञ्चालन गर्न कठिन देखिन्छ । 

समुन्द्री सतहको चार हजार ६१० मिटर अग्लो उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हिउँदयामको मङ्सिरदेखि फागुन मसान्तसम्म चिसोका कारण आयात-निर्यातलगायत भन्सार कार्यालयको सेवा सञ्चालनमा उत्तिकै चुनौती हुने देखिन्छ । 

नाकामा मालवस्तु ढुवानीका साधन र चीनबाट आयात हुने विद्युतीय कार चिसोले चल्न नसक्ने र ढुवानी साधनका चालक तथा सहचालक र भन्सारका कर्मचारीहरु मौसम प्रतिकूलताका कारण बस्न सक्ने अवस्था रहने भएकाले यहाँको नाकाबाट बाह्रै महिना काम गर्न समस्या देखिने गर्छ ।

नाकामा अत्यधिक चिसो र हिउँ पर्ने, पानीको स्रोत जम्ने तथा सीमावर्ती क्षेत्रका स्थानीय नागरिक चिसो छल्न बेँसी झने परम्पराले गर्दा नाका सञ्चालनमा अप्ठ्यारो पर्ने देखिन्छ ।

नेपालतर्फको वातावरणमैत्री पूर्वाधार नहुँदा र न्हेचुङमा रहेको भन्सार कार्यालयमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा हिउँदयाममा कोरलानाका पूर्ण रुपमा सञ्चालन गर्नमा चुनौती हुने गरेको प्रमुख खड्काले बताए।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ४ : २२ बजे

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्

ओली–दाहाल मिल्ने चर्चाबीच रामकुमारीको स्पष्टीकरण: कुनै दलसँग चुनावी सहकार्यको प्रस्ताव भएको छैन

काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी

झापामा भोट माग्न सादा पोशाकका प्रहरी प्रयोग, बालेन्द्रलाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहलाई दोस्रो पटक

युवा संघले निर्वाचनका लागि देशभर परिचालन कमाण्ड बनाउने

काठमाडौं– नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न