मेलम्चीको डिआई पाइप खरिदमा अनियमितता भएको उजुरी, अख्तियारले थाल्यो अनुसन्धान « Khabarhub

मेलम्चीको डिआई पाइप खरिदमा अनियमितता भएको उजुरी, अख्तियारले थाल्यो अनुसन्धान


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत योजना कार्यान्वयन निर्देशनालय अनामनगरमा छापा मारेको छ।

डिआई (डक्टाइल आयरन) पाइप खरिदमा अनियमितता भएको भन्ने सूचना र उजुरी प्राप्त भएपछि आयोगको टोलीले मंगलबार निर्देशनालयमा छापा मारेको हो ।

सोक्रममा खरिदसम्बन्धी कागजातहरू नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

आयोगका अनुसार खरिद प्रक्रिया पारदर्शी नभएको र आन्तरिक मूल्याङ्कनमा त्रुटि भएको भन्ने गुनासोपछि प्रारम्भिक चरणमै छानबिन अघि बढाइएको हो।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ८ : ५१ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,