स्वास्थ्यसम्बन्धी आपूर्ति श्रृङ्खलामा चीनले घुसपैठ गर्नसक्ने ताइवानको चिन्ता « Khabarhub

स्वास्थ्यसम्बन्धी आपूर्ति श्रृङ्खलामा चीनले घुसपैठ गर्नसक्ने ताइवानको चिन्ता


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवान सरकारले देशको स्वास्थ्यसम्बन्धी आपूर्ति श्रृङ्खलामा चीनले घुसपैठ गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । स्वास्थ्य आपूर्ति श्रृङ्खलामा सम्भावित चिनियाँ घुसपैठ रोक्न ताइवान सरकारले राष्ट्रिय सुरक्षा संयन्त्रलाई थप सुदृढ गर्ने भएको ताइपेई टाइम्सले जनाएको छ ।

फार्मा लजिस्टिक्स नामक एक कम्पनीमा जोखिम देखिएपछि ताइवान सरकारले पछिल्लो कदम चालेको हो । समाचारमा जनाइएअनुसार उक्त कम्पनीले ताइवानको राष्ट्रिय विश्वविद्यालय अस्पताल र ताइपेई भेटेरन्स जनरल अस्पताल लगायतका प्रमुख अस्पतालहरूमा आधाभन्दा बढी स्वास्थ्य सामग्री ढुवानीको जिम्मेवारी लिएको छ । फार्मा लजिस्टिक्सको माउ कम्पनी केरी टीजे लजिस्टिक्सको सम्बन्ध चीनको चिनियाँ राजनीतिक र सैन्य संस्थासँग रहेको हुनसक्ने आँकलन गरिएको छ ।

केरी टीजे लजिस्टिक्सका मातृ कम्पनीहरू हङकङको केएलएन लजिस्टिक्स ग्रुप र केएचएल होल्डिङ हुन् । यी कम्पनीले चीनको सबैभन्दा ठूलो ढुवानी कम्पनी एसएफ होल्डिङ्ससँग लगानी साझेदारी गरेका छन् ।

त्यसैगरी, सन् २०२१ मा केरी लजिस्टिक्सको अधिग्रहण गरेको एसएफ होल्डिङले चिनियाँ जनमुक्ति सेनासँग रणनीतिक सहकार्य सम्झौता गरेको जनाइएको छ । यो कम्पनी चीनको ‘सैन्य–नागरिक मिश्रण’ कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेको बताइएको छ ।

ताइवानका सुरक्षा अधिकारीले अत्यावश्यक पूर्वाधार र प्रमुख उद्योगहरूमा सुरक्षा जाँच अझ सुदृढ गर्न आवश्यक रहेको बताएका छन् । विशेष गरी औषधि तथा दैनिक आपूर्ति प्रणालीसँग सम्बन्ध राख्ने कम्पनीमा सुरक्षा जाँच मजबुत बनाउनु पर्ने ताइवानी अधिकारीको मत छ ।

यससँगै ताइवान सरकारले अत्यावश्यक क्षेत्रहरूमा एकाधिकार रोक्ने र राज्य सञ्चालित संस्थासँग सहकार्य गर्ने कम्पनीहरूको लगानी पृष्ठभूमि तथा सम्भावित चिनियाँ प्रभावको गहिरो छानबिन गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : २७ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका