‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’ « Khabarhub

धुर्मुसको याचना

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’



काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली फाउण्डेसनले अनियमितता गरेको आरोप गलत पुष्टि भएको छ। फाउण्डेसनको पहलमा निर्माण सुरू भएको क्रिकेट रङ्‍गशालामा छैटौं पटक प्राविधिक मूल्याङ्‍कनमा कुनै अनियमितता भेटिएन। पछिल्लो पटक पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले गरेको जाँचबुझमा पनि फाउण्डेसनको कैफियत पाइएन।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र उनी पत्नी कुञ्जना घिमिरे (सुन्तली) ले २०७२ सालमा फाउन्डेसनको स्थापना गरेका थिए। उक्त वर्ष भूकम्पले ठूलो क्षति भएको अवस्थामा दम्पत्तिले आफ्नो घर बेचेर पुननिर्माणको लागि सहयोग गरेका थिए। उनीहरुले आफ्नो लोकप्रियताको आडमा देश विदेशबाट सहयोग जुटाएर सहयोग जुटाएका थिए।

पहिलो योजना सफल भएपछि उनीहरुले देशमै अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला जस्तो ठूलो योजनामा हात हाले। धेरैले उनीहरुलाई महत्वाकांक्षी योजना सफल नहुने भनेर टिकाटिप्पणी गरे। सरकारले गर्ने काम व्यक्तिले गर्न सक्दैन भन्ने उनीहरुको राय थियो। तर उनीहरुले सरकार, नागरिक लगायत सबैको साथ र सहकार्य भएमा रंगशाला निर्माण असम्भव छैन भनेर निरन्तर लागे।

रंगशालाको लागि खाडीमा कामदारबाट उठाएको पैसाले काठमाडौंमा स्वीमिङ पुलसहितको घर बनाएको आरोप लाग्यो। चन्दाको पैसाले ‘आलिशान जीवन बाँचेको’ भन्दै प्रहार हुन थाल्यो।

विभिन्न आलोचना बाबजुद् रंगशाला निर्माण कार्य हुँदै गयो। त्यसले संघीय सरकारदेखि विशेषत भरतपुर महानगरपालिका सशंकित हुन थाल्यो। यो जोडीले आफूहरुको राजनीतिक लोकप्रियताको साख घटाइदिने त्रास जनप्रतिनिधिमा थियो। त्यसपछि सुरु भएको थियो- धुर्मुस-सुन्तलीमाथि प्रहार। उनीहरुले रंगशालाको लागि खाडीमा कामदारबाट उठाएको पैसाले काठमाडौंमा स्वीमिङ पुलसहितको घर बनाएको आरोप लाग्यो।

चन्दाको पैसाले ‘आलिशान जीवन बाँचेको’ भन्दै प्रहार हुन थाल्यो। दम्पत्तिद्वयले हामीले भ्रष्टाचार गरेका छैनौ भनेर बिन्ती बिसाए। सामाजिक सञ्जालमा रोए, कराए तर उनीहरुको आवाज सुनिएन।

भ्रष्टाचार ठहर भएमा रंगशालामै खाल्टो खनेर गाड्दिन समेत सीतारामले अपिल गरे। तर उनीहरुलाई असफल देख्न चाहनेहरु सफल भए। पाँच वर्षदेखि धुर्मुस–सुन्तली रंगशाला निर्माण अनियमितता नगरेको र आफूहरु निर्दोष भएको कागजपत्र लिँदै भरतपुर महानगरदेखि सिंददरबारसम्म लगातार धाइरहेका छन्।

उनीहरुले भ्रष्टाचार गरेका छैनौ भनेर बिन्ती बिसाए। सामाजिक सञ्जालमा रोए, कराए तर उनीहरुको आवाज सुनिएन।

यही सञ्जालले उनीहरुलाई ‘हिरो’ बनायो, यही सञ्जालले उनीहरुलाई ‘जिरो’ बनायो। कलाकारको रुपमा पाएको लोकप्रियतासमेत डामाडोल भयो। निर्दोषमाथि वर्षौं वर्ष भ्रष्टाचारीको ट्याग बोकेर उनीहरु हिँड्न बाध्य भए। सञ्चार माध्यम र सञ्जालले उनीहरुलाई आत्महत्या गर्ने स्थितिसम्म पुर्‍याए। सिंहदरबार धाउँदा धाउँदा न्याय नपाएपछि धुर्मुले सरकारी अधिकारीलाई भनेका छन्– अब मलाई यहीँ सिंहदरबारमा मर्न दिनुस्।

तर कुनै पनि जाँचबुझमा उनीहरुले अनियमितता गरेको पुष्टि हुन सकेन। कुञ्जनाले फेसबुकमा सानी छोरी रोएको भिडियो पोस्ट गर्दै लेखेकी छिन्- ३ बर्ष अघिको शुविहानीको यो रोदन अनि अहिले ५ बर्षसम्म आफूले साथ राख्न नसक्दाको पीडा भोग्नेलाई बाहेक अरुलाई सायदै महसुस हुन्छ होला ?’

उनले आफूहरुले नगरेको गल्तीको सजाय पाएको र त्यो आफ्नो सानो छोरीले समेत भोग्नु परेको पीडा व्यक्त गरेकी छिन्। त्यसैगरी कुमार कट्टेल जो धुर्मुसका भाइ हुन्। उनले दाइको एक भिडियो पोस्ट गर्दै लेखेका छन्– ‘५ वर्ष देखि न्यायको लागि सिंहदरबार भौंतारिदै गरेको मेरो दाइ।’

कुमार कट्टेल लेख्छन्, ‘रातदिन सिंहदरबारको बास। अनि अहिलेको दाइको अवस्था र देश बनाउनु पर्छ भन्ने युवाले पाएको प्रोत्साहन।’

त्यस्तै अर्को उनले अस्पतालमा उपचाररत दाइको भिडियो पोस्ट गर्दै लेखेका छन्-‘रातदिन सिंहदरबारको बास। अनि अहिलेको दाइको अवस्था र देश बनाउनु पर्छ भन्ने युवाले पाएको प्रोत्साहन।’

हामीले भ्रष्टाचार गरेका छैनौ भनेर बिन्ती बिसाए। सामाजिक सञ्जालमा रोए, कराए तर उनीहरुको आवाज सुनिएन। झूटा आरोपले उनीहरुको करिअर, मानसिक तनाव र सामाजिक जीवन नै समाप्त पारिएको क्षतिपूर्ति कसले दिने भनेर प्रश्न गरिरहेका छन्।

सरकारले चालू आर्थिक वर्षको बजेटमा पुल्चोक क्याम्पसको मूल्याङ्‍कनका आधारमा सम्पत्ति खरिद गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकम असार मसान्तमै अर्थ मन्त्रालयबाट भरतपुर महानगरपालिकाको खातामा निकासा भइसकेको छ।

यसको कार्यान्वयनका लागि गत भदौ १६ गते पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान, भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेसनबीच लिखित सम्झौतामा हस्ताक्षर भई प्राविधिक मूल्याङ्‍कन सुरु भयो।

संस्थानबाट गठित विज्ञ प्राविधिकको टोलीले मूल्याङ्‍कनपछि महानगरलाई गत कात्तिक ११ गते महानगरलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनअनुसार फाउन्डेसनले महानगरलाई हस्तान्तरण गरेको रङ्‍गशालामा भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँको काम भएको देखिन्छ। फाउन्डेसनले गरेको खर्चभन्दा बढी मूल्यको भौतिक संरचना खडा भएको पाइएको छ ।

२०७८ सालमा धुर्मुसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो। उक्त उजुरीमा अख्तियारले लामो अनुसन्धान गरेर धुर्मुसलाई २०८१ सालमा ‘क्लिनचिट’ दिएको थियो।

रङ्‍गशालामा विभिन्न नाममा सरकारी छानबिन भएको यो पाँचौं पटक हो। सबैभन्दा पहिले भरतपुर महानगरपालिकाले आफैं सघन सहरी विकास परियोजना चितवनमार्फत २०७८ सालमा प्राविधिक मूल्याङ्‍कन र आर्थिक मूल्याङ्‍कन गरेको थियो।

पाँचवटै मूल्याङ्‍कन तथा छानबिन समितिले परियोजनामा अनियमितता देखाउन सकेका छैनन्। २०७८ सालमा धुर्मुसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो। उक्त उजुरीमा अख्तियारले लामो अनुसन्धान गरेर धुर्मुसलाई २०८१ सालमा ‘क्लिनचिट’ दिएको थियो। ७२ करोडको संरचना महानगरलाई बुझाएका धुर्मुसले १८ करोड ४३ लाख रुपैयाँ ऋणको बोझबाट भने अझै मुक्ति पाएका छैनन्। अहिलेसम्म सो रकम भुक्तानी हुन सकेको छैन। संघीय सरकारबाट पठाइएको रकम महानगरको बैठकबाट निर्णय गरेर तत्काल दिइनुपर्ने हो।

तर महानगरले दुख दिने नियतले त्यसलाई अल्झाइराखेको छ। महानगरले २०७८ सालमै परियोजनाको स्वामित्व लिएर अहिले ठेकेदारमार्फत थप काम अघि बढाइरहेको छ। धुर्मुस भने सरकारी निकायदेखि अड्डा अदालतको चक्कर लगाइरहेका छन्। महानगरसँगको रसाकस्सीले गर्दा उक्त रकम अहिलेसम्म फाउण्डेसनले पाउन सकेको छैन।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : २१ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर