सुदूरपश्चिमको पैँतीस हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार | Khabarhub Khabarhub

सुदूरपश्चिमको पैँतीस हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गोदावरी– सुदूरपश्चिम प्रदेशमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्ष २०८१-८२ मा यहाँका विभिन्न जिल्लामा समूह, सहकारी तथा इच्छुक व्यक्तिमार्फत ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरेको हो ।

मन्त्रालयका उपसचिव भरत श्रेष्ठले मन्त्रालयले सुदूरपश्चिममा भइरहेको जडीबुटी संरक्षण गरी उत्पादन बढाउने र जडीबुटीखेती विस्तार गर्ने गरिरहेको बताए। उनले प्रदेशभरि जडीबुटीखेती विस्तारका लागि गत आव २०८१-८२ मा सङ्घ शसर्ततर्फ रु दुई करोड ३० लाख र प्रदेश सरकारबाट रु ६० लाख बजेट विनियोजन भई गत आवमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तारको काम भएको जानकारी दिए ।

मन्त्रालयले सुदूरपश्चिममा जडीबुटीखेती विस्तारका लागि चालु आर्थिक वर्षमा सङ्घ शसर्ततर्फ रु एक करोड ८१ लाख र प्रदेश सरकारबाट रु ५२ लाख बजेट विनियोजन गरिएको श्रेष्ठले जानकारी दिए ।  

मन्त्रालयले सुदूरपश्चिम प्रदेश वन नियमावली, २०७८ र वन ऐन, २०७७ ल्याएको जनाउँदै उनले उक्त ऐन र नियमावलीमा सुदूरपश्चिममा भएका मूल्यवान जडीबुटी संरक्षण, सम्वर्द्धन तथा व्यवस्थापनको जिम्मेवारी डिभिजन वन कार्यालयलाई दिइएको बताए। 

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलका सचिव दीर्घनारायण कोइरालाले सुदूरपश्चिम जडीबुटीको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यसको संरक्षण, सम्वर्द्धन तथा व्यवस्थापनका लागि दीर्घकालीन नीति आवश्यक भएको बताए। 

उनले प्रदेश सरकारले यस वर्ष गर्ने भनेको लगानी सम्मेलनमा सुदूरपश्चिम प्रदेशमा जडीबुटीको सम्भाव्यताबारे जानकारी लिने उद्देश्य राखिएको भए पनि विशेष परिस्थितिका कारण सम्मेलन रोकिन पुगेको बताए।

सचिव कोइरालाले जडीबुटीको गन्तव्य भारत र चीन भएकाले बजारको प्रचुर सम्भावना रहेको जानकारी दिँदै उनले प्राकृतिक रुपमा रहेका जडीबुुटीलाई खुला चरिचरन, वन डढेलो र चोरीपैठारी रोक्न डिभिजन वन कार्यालयको महत्वपूर्ण भूमिका रहेको बताए।  

सुदूरपश्चिममा जडीबुटी संकलन गरी जस्ताकोतस्तै निकासी गर्नुभन्दा जडीबुटीलाई एक तह प्रशोधन गरेर बिक्री गर्दा लाभ लिन सकिने उनको भनाइ छ । उनले माल्यवान् जडीबुटीको संरक्षण, सम्वर्द्धन तथा व्यवस्थापनका लागि छुट्टै नीति र ऐन ल्याउनका लागि छलफल सुरु गरिएको जानकारी दिए ।
 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : ०० बजे

आसन्न निर्वाचनमा बेलायतको आवश्यक साथ सहयोग रहने

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा

टेलिकमको बिलिङ टेन्डर प्रक्रिया अन्योलमा

काठमाडौं– नेपाल टेलिकमले नयाँ बिलिङ प्रणालीका लागि खुलाएको बोलपत्र प्रक्रिया

जनार्दननिकट नेताको दाबी : बाबुराम जोडिन्छन, रास्वपाबाट वाम विचार बोकेका नेताहरू आउँछन्

काठमाडौं- प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समितिका सदस्य मदन भट्टराईले

नयाँ पार्टीको नाम जुराउन जनार्दनको टिमसँग छलफलमा सन्तोष र मानुषी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका पूर्वप्रमुख सचेतक सन्तोष परियारले माओवादी

म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव 

म्याग्दी– आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य