‘जारी २’मा १४ मिनेट ‘डिरेक्टर्स कट’ थपेकोबारे यसो भन्छन् निर्देशक उपेन्द्र सुब्बा « Khabarhub

‘जारी २’मा १४ मिनेट ‘डिरेक्टर्स कट’ थपेकोबारे यसो भन्छन् निर्देशक उपेन्द्र सुब्बा


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘जारी २’का निर्देशक उपेन्द्र सुब्बाले प्रदर्शनको चौथो दिनमा पुगेर १४ मिनेट लामो ‘डिरेक्टर्स कट’ थप्नुको कारणबारे बोलेका छन् । हल भिजिटका क्रममा सञ्चारकर्मीलाई यसबारे स्पष्ट पारेका हुन् ।

‘जारी २’ले अपेक्षित सकारात्मक प्रतिक्रिया नपाएपछि ‘डिरेक्टर्स कट’ थपिएको टिप्पणी छ । त्यस्तै, शो संख्या बढी पाउने उद्देश्यले फिल्म छोटो बनाएर सुरुमा हलमा लगाइएको प्रतिक्रिया पनि आएको छ ।

‘रन टाइम बढी भएको फिल्मलाई हलहरुले कम शो छुट्याउँछन्’ भन्ने भाष्य नेपाली फिल्म क्षेत्रमा मौलाएको छ ।

‘डिरेक्टर्स कट’ थप्नुको पछाडि यी दुवै कारण नरहेको उपेन्द्रले स्पष्टीकरण दिएका छन् । प्राविधिक कारणले मात्रै ‘डिरेक्टर्स कट’को अवधारणा अंगिकार गरिएको दाबी गरे ।

उनले भने, ‘नेपालमा थ्रि एक्ट स्टक्चरमा फिल्मको कथा भन्ने अभ्यास बढी छ । मैले फोर एक्ट स्टक्चरमा बनाउने प्रयास गरेको थिएँ । पछि सम्पादनका क्रममा थ्री एक्ट स्टक्चरमा कथा पुग्यो । मेरा लागि कथा पूर्ण भयो । अनि छोटो बनाएको हो ।’

‘थ्री एक्ट स्टक्चर’मा कथा तीन भागमा विभाजन गरेर पर्दामा उतारिन्छ । पहिलो ‘सेट अप’, दोस्रो ‘कनफ्रनटेसन’ र तेस्रो ‘रेजुलुसन’ ।

‘फोर एक्ट स्टक्चर’मा कथा चार भाग विभाजन गरेर फिल्म बनाइन्छ । ‘पहिलो ‘सेट अप’, दोस्रो ‘राइजिङ एक्सन’, तेस्रो ‘क्राइसिस’ र चौथो ‘रेजुलुसन’ ।

सामान्य भाषामा भन्दा ‘थ्रि एक्ट स्टक्चर’ र ‘फोर एक्ट स्टक्चर’ कथा भन्ने ढाँचा हो ।

अर्थात्, फोर एक्ट स्टक्चरमा खिचिएको फिल्म उपेन्द्रले पहिला थ्रि एक्ट स्टक्चरमा प्रदर्शनमा ल्याएका हुन् । डिरेक्टर्स कट थपेर पछि थोर एक्ट स्टक्चरमै प्रदर्शनमा ल्याएका हुन् ।

‘जारी २’ लेखक पनि उपेन्द्र आफैँ हुन् । यस फिल्मको शीर्ष भूमिकामा नायकहरु दयाहाङ राई, विजय बराल, नायिकाहरु मिरुना मगर र ऋचा शर्मा शीर्ष भूमिकामा रहेका छन् ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को सयुक्त ब्यानरमा बनेको यस फिल्मको निर्माता निर्देशकसमेत रहेका रामबाबु गुरुङ हुन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : १९ बजे

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३