यातायात व्यवस्था विभागको सेवा पुनः ठप्प  « Khabarhub

यातायात व्यवस्था विभागको सेवा पुनः ठप्प 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या आएको छ । आंशिक रूपमा सुचारु भएको विभागको अस्थायी सर्भरमा प्राविधिक समस्या देखिएको हो । 

विभागले कात्तिक १६ गतेबाट सर्भर सुचारु गरेसँगै नयाँ तथा नवीकरणका सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन दिने, तथा छपाइ सेवा सुचारु गरेको थियो । 

शुक्रबार बिहानबाट सर्भरमा समस्या आएपछि उक्त सेवा ठप्प भएको विभागले निकालेको सूचनामा उल्लेख छ । 
इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ । 

भदौ २३ र २४ गते भएको आन्दोलनका कारण विभागमा क्षति पुगेसँगै विभागले दिने सेवा अवरुद्ध भएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : १६ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको