‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक’ « Khabarhub

‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक’


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । यो वर्षको ‘नारा कार्यस्थलमा मधुमेह: थप बुझौँ र रोकथाम गरौँ’ भन्ने रहेको छ । मधुमेह नसर्नेमध्ये प्रमुख रोगका रूपमा बढिरहेको छ ।

अन्तर्राष्ट्रिय डायबेटिज सङ्घका अनुसार पछिल्लो समय हरेक नौ जनामध्ये एक जनामा मधुमेह देखिने गरेको छ । यसै गरी नेपालमा कूल जनसङ्ख्याको ७ दशमलव ७ प्रतिशत वयस्कमा मधुमेह रहेको तथ्याङ्क छ । 

मधुमेह भएकालाई ‘डायबेटिक रेटिनोप्याथी’ अर्थात् मधुमेहका कारण आँखाको पर्दामा हुने समस्या हुने सम्भावना बढ्दछ । यो आँखाको दृष्टि पर्दा(रेटिना)मा आउने समस्या भएको चिकित्सकले बताउने गरेका छन् । 

आँखा रोग विशेषज्ञ(भिट्रो रेटिनल सर्जन) डा रबा थापाले मधुमेहले आँखामा पार्ने असरका कारण नियमित आँखा परीक्षण अत्यावश्यक रहेको बताए । उनले डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागे दृष्टिविहीन हुनबाट बचाउन सकिने बताए । 

डा थापाले भने, ‘डायबेटिक रेटिनोप्याथीको उपचार समयमा नभए व्यक्तिमा अन्धोपन निम्त्याउन सक्छ । सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैलीले मधुमेह नियन्त्रण गर्न मद्दत पुग्छ । त्यसैले मधुमेह भएकाले छ/छ महिनामा नभए वर्षमा एक पटक आँखा अनिवार्य परीक्षण गराउँदा राम्रो हुन्छ ।’ रासस
 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : १९ बजे

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित