विद्यार्थी तथा कर्मचारीलाई मतदाता परिचयपत्र दर्ता विद्यालयमै सुरु « Khabarhub

विद्यार्थी तथा कर्मचारीलाई मतदाता परिचयपत्र दर्ता विद्यालयमै सुरु


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एम्आइटी) ले मतदाता परिचयपत्र दर्ता अभियान सुरु गरेको छ । 

निर्वाचन आयोगको दर्ता प्रक्रियालाई सहज बनाउँदै युवालाई चुनावी प्रक्रियामा सहभागी गराउन एम्आइटीले यो सेवा सुरु गरेको हो । 

यसले राष्ट्रिय मतदाता परिचयपत्रका लागि दर्ता नगरेका विद्यार्थी तथा कर्मचारीलाई टेवा पुग्नेछ । दर्ताका लागि सहभागीले आफ्नो नागरिकताको फोटोकपी र फोटो ल्याउनुपर्नेछ ।
  
प्रशासनका अनुसार, क्याम्पसमै दर्ता उपलब्ध गराउँदा विद्यार्थीलाई छुट्टी समय मिलाउनुपर्ने, लाइन बस्नुपर्ने जस्ता झन्झटबाट मुक्त हुनेछन् । 

निर्वाचन आयोग नेपालद्वारा सञ्चालन हुने यो दर्ता अभियानमा क्याम्पसले आवश्यक प्राविधिक तथा व्यवस्थापन सहयोग उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : ४२ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका