अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु « Khabarhub

अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काबुल–  पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्फोटक उपकरण विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान गएको प्रान्तीय प्रहरी प्रवक्ता सेदिकुल्लाह सेडिकीले शुक्रबार बताएका छन् । 

उक्त बस्तुलाई केटाकेटीहरूले खेलौना जस्तो ठानेर त्यससँग खेल्न थाल्दा उक्त उपकरण अचानक विस्फोट हुँदा घटनास्थलमै बालबालिकाको मृत्यु भएको अधिकारीले जनाएका छन् । 

बदघिस प्रान्तमा गत हप्ता भएको यस्तै विस्फोटको घटना हुँदा दुई जना बालबालिकाको ज्यान गएको थियो ।

युद्धग्रस्त अफगानिस्तानमा द्वन्द्व प्रभावित देश हो  जहाँ विगत चार दशक भन्दा लामो युद्धबाट बाँकी रहेका विभिन्न उपकरणहरू विस्फोट भएका कारण  निर्दोष नागरिकका साथै बच्चाहरूले ज्यान गुमाउने गरेको जनाइएको छ  । रासस

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  २ : ०६ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने