अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु « Khabarhub

अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काबुल–  पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्फोटक उपकरण विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान गएको प्रान्तीय प्रहरी प्रवक्ता सेदिकुल्लाह सेडिकीले शुक्रबार बताएका छन् । 

उक्त बस्तुलाई केटाकेटीहरूले खेलौना जस्तो ठानेर त्यससँग खेल्न थाल्दा उक्त उपकरण अचानक विस्फोट हुँदा घटनास्थलमै बालबालिकाको मृत्यु भएको अधिकारीले जनाएका छन् । 

बदघिस प्रान्तमा गत हप्ता भएको यस्तै विस्फोटको घटना हुँदा दुई जना बालबालिकाको ज्यान गएको थियो ।

युद्धग्रस्त अफगानिस्तानमा द्वन्द्व प्रभावित देश हो  जहाँ विगत चार दशक भन्दा लामो युद्धबाट बाँकी रहेका विभिन्न उपकरणहरू विस्फोट भएका कारण  निर्दोष नागरिकका साथै बच्चाहरूले ज्यान गुमाउने गरेको जनाइएको छ  । रासस

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  २ : ०६ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६