रास्वपा छाडेका सन्तोष जनार्दनको अभियानमा जोडिने « Khabarhub

रास्वपा छाडेका सन्तोष जनार्दनको अभियानमा जोडिने


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका पूर्वप्रमुख सचेतक सन्तोष परियार जनार्दन शर्मा नेतृत्वको अभियानमा जोडिने भएका छन्।

विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक समेत रहेका परियारले रास्वपा छाडेपछि उनी शर्माको अभियानमा जोडिन लागेका हुन् ।

माओदीले गत कात्तिक १९ गते बनाएको नेपाली कम्युनिस्ट पार्टीमा नगएका पूर्वउपमहासचिव जनार्दन शर्मा पक्षका नेता-कार्यकर्ताले पूर्वसांसद सुदन किरातीको नेतृत्वमा बिहीबार ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका छन्। त्यही अभियानमा परियार पनि जोडिने निर्णयमा पुगेका हुन् ।

परियारले पार्टीमा पछिल्लो समय कलह बढ्दै गएपछि छाड्नुपरेको बताएका छन् । उनले रास्वपा छाडेको पुष्टि प्रवक्ता मनिष झाले गरेका छन् । परियार रास्वपाको सचिवालय सदस्य पनि हुन् ।

‘विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ’, झाले भने, ‘राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा वहाँले जानकारी गराउनु भएको छ।’

यसअघि रास्वपाबाट पूर्वमन्त्री एवम् सुमना श्रेष्ठ बाहिरिएकी थिइन्। उनी अब कहाँ जाने अझै पनि टुंगो भएको छ। रास्वपामा पछिल्लो समय तोषिमा कार्की र गणेश कार्कीसहितले पनि चर्को असन्तुष्टि जनाइरहेका छन् ।



प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  २ : ४७ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा