५१ प्रतिशत अल्पसंख्यक परिवारबाटै बहिष्कार  « Khabarhub

५१ प्रतिशत अल्पसंख्यक परिवारबाटै बहिष्कार 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौनिक अल्पसङ्ख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (निलहीरा समाज) ले शुक्रबार राष्ट्रिय गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा अल्पसंख्यकहरुका बारेमा गरिएको खोज अनुसन्धानको बारेमा चर्चा गरिएको थियो ।  

अल्पसंख्यक समुदायका समन जोशीले आफूले गरेको अनुसन्धानमा ५१ प्रतिशत अल्पसंख्यक परिवारबाटै बहिष्कार भएको बताएकी छिन् । गोष्ठीको छलफलमा उनले भनेकी छिन्, ‘ यौनिक अल्पसंख्यकहरू सबैभन्दा धेरै घरपरिवारबाटै बहिष्कृत हुन्छन् । त्यसपछि साथीहरूबाट हुने गर्छन् । त्यसै गरी ६२ प्रतिशले ‘हेट स्पिच’ को सामना गर्नुपर्छ ।’

त्यसै गरी डा.शिवात्मिका पोखरेलका यौनिक अल्पसंख्यकहरुले समावेशी स्वास्थ्य हेरचाह भनेकै जानकारी दिन नसकिएको बताउँछिन् । 

उनी भन्छिन्, ‘पहिलो उनीहरूलाई आफ्नो अधिकारको बारेमा थाहा छैन । अर्को, थाहा भए पनि आर्थिक अभावका कारण अस्पताल नगई रोग पालेर बस्न बाध्य छन् । साथै, अस्पतालमा डाक्टरहरूले उनीहरुमाथि मैत्रीपूर्ण व्यवहार नगर्दा डरले पनि अस्पताल नगएको देखिन्छ ।’

त्यसै गरी मिडिया व्यक्तित्व बबिता बस्नेतले अल्पसंख्यकहरुले मिडियामा शारीरिक बनावट भन्दा विचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिएकी छिन् । 

प्यानल छलफलका क्रममा उनले भनिन्, ‘मूलधारका मिडियाले अल्पसंख्यकको विषय सही ढङ्गले उठाएका छन् । तर युट्युब तथा सञ्जालले उनीहरूको विचार, मस्तिष्क भन्दा पनि उनीहरू शारीरिक सम्बन्ध कसरी बनाउँछन् ? भनेर प्रश्न गरेको पाइन्छ । यस्ता प्रश्न अस्वीकार गर्नुपर्छ ।’

राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले लैङगिक तथा अल्पसंख्यक बालबालिका तथा युवाहरूको स्वास्थ्य तथा समग्र अधिकारको लागि परिषद् गम्भीर भएको लागेको बताएकी छिन् । 

उनी भन्छिन्, ‘आगामी दिनमा उनीहरूको हक अधिकार सुरक्षित गर्नको लागि सरकार मात्रै नभएर नागरिक समाज, सामाजिक संगठन देख हरेक व्यक्तिको चेतनामा समेत परिवर्तन गर्नुपर्छ । त्यसको लागि परिषद् सधै तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दछु ।’

गोष्ठीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार आयोग र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ४ : ०७ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६