५१ प्रतिशत अल्पसंख्यक परिवारबाटै बहिष्कार  « Khabarhub

५१ प्रतिशत अल्पसंख्यक परिवारबाटै बहिष्कार 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौनिक अल्पसङ्ख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (निलहीरा समाज) ले शुक्रबार राष्ट्रिय गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा अल्पसंख्यकहरुका बारेमा गरिएको खोज अनुसन्धानको बारेमा चर्चा गरिएको थियो ।  

अल्पसंख्यक समुदायका समन जोशीले आफूले गरेको अनुसन्धानमा ५१ प्रतिशत अल्पसंख्यक परिवारबाटै बहिष्कार भएको बताएकी छिन् । गोष्ठीको छलफलमा उनले भनेकी छिन्, ‘ यौनिक अल्पसंख्यकहरू सबैभन्दा धेरै घरपरिवारबाटै बहिष्कृत हुन्छन् । त्यसपछि साथीहरूबाट हुने गर्छन् । त्यसै गरी ६२ प्रतिशले ‘हेट स्पिच’ को सामना गर्नुपर्छ ।’

त्यसै गरी डा.शिवात्मिका पोखरेलका यौनिक अल्पसंख्यकहरुले समावेशी स्वास्थ्य हेरचाह भनेकै जानकारी दिन नसकिएको बताउँछिन् । 

उनी भन्छिन्, ‘पहिलो उनीहरूलाई आफ्नो अधिकारको बारेमा थाहा छैन । अर्को, थाहा भए पनि आर्थिक अभावका कारण अस्पताल नगई रोग पालेर बस्न बाध्य छन् । साथै, अस्पतालमा डाक्टरहरूले उनीहरुमाथि मैत्रीपूर्ण व्यवहार नगर्दा डरले पनि अस्पताल नगएको देखिन्छ ।’

त्यसै गरी मिडिया व्यक्तित्व बबिता बस्नेतले अल्पसंख्यकहरुले मिडियामा शारीरिक बनावट भन्दा विचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिएकी छिन् । 

प्यानल छलफलका क्रममा उनले भनिन्, ‘मूलधारका मिडियाले अल्पसंख्यकको विषय सही ढङ्गले उठाएका छन् । तर युट्युब तथा सञ्जालले उनीहरूको विचार, मस्तिष्क भन्दा पनि उनीहरू शारीरिक सम्बन्ध कसरी बनाउँछन् ? भनेर प्रश्न गरेको पाइन्छ । यस्ता प्रश्न अस्वीकार गर्नुपर्छ ।’

राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले लैङगिक तथा अल्पसंख्यक बालबालिका तथा युवाहरूको स्वास्थ्य तथा समग्र अधिकारको लागि परिषद् गम्भीर भएको लागेको बताएकी छिन् । 

उनी भन्छिन्, ‘आगामी दिनमा उनीहरूको हक अधिकार सुरक्षित गर्नको लागि सरकार मात्रै नभएर नागरिक समाज, सामाजिक संगठन देख हरेक व्यक्तिको चेतनामा समेत परिवर्तन गर्नुपर्छ । त्यसको लागि परिषद् सधै तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दछु ।’

गोष्ठीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार आयोग र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ४ : ०७ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार