क्यूफएक्सले दियो ‘जारी २’ लाई सुपरहिटको मान्यता « Khabarhub

क्यूफएक्सले दियो ‘जारी २’ लाई सुपरहिटको मान्यता


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशकै सबैभन्दा ठूलो फिल्म हल चेन ‘क्यूएफएक्स’ले कात्तिक २१ बाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’लाई सुपरहिटको मान्यता दिएको छ ।

क्यूएफएक्सले फिल्म दोस्रो सातामा प्रवेश गरेसँगै शुक्रबार सुपर हिटको मान्यता दिएको हो ।

क्यूएफएक्सले आफू अन्तर्गतका हलमा पहिलो सातामा १ करोड ५० लाख ग्रस कलेक्सन गर्ने फिल्मलाई सुपरहिटको मान्यता दिन अभ्यास गर्दै आएको छ ।

यो वर्ष क्युएफएक्सले सुपरहिटको मान्यता दिएको यो दोस्रो फिल्म हो । यसअघि वैशाख २६ गते प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ले सुपरहिटको मान्यता पाएको थियो ।

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको यस फिल्ममा नायकहरू दयाहाङ राई, विजय बराल र नायिका मिरुना मगर शीर्ष भूमिकामा रहेका छन् ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको ब्यानरमा बनेको यस फिल्मको निर्माता निर्देशकसमेत रहेका रामबाबु गुरुङ हुन् ।

बुकिङमै चाप देखिएको ‘जारी २’ उच्च अकुपेन्सीका साथ प्रदर्शनरत छ । दोस्रो सातामा आइपुग्दा शो संख्या भने घटेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ४ : ४५ बजे

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३